Dabali News

१०५ औं बीपी जन्मजयन्ती मनाईंदै

२४ भदौ

काठमाडौं । आज नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईंदै छ ।

१९७१ साल भदौ २४ गते जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उनकै नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।

राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्न २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ मा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए ।

उनलाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उनी जेल जीवन विताएका थिए । पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किएका थिए ।

स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् । उनका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।

घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उनको निधन भएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]