Dabali News

केपी-प्रचण्डका दुई दर्जन नेताहरु विप्लवतिर लागेपछि…

२४ भदौ

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया जिल्लास्तरसम्म पुगेको छ । सुर्खेतमा एकता जिल्लामा पुग्न लाग्दा असन्तुष्टी पनि सडकमै पुगेको छ ।

पूर्वएमाले र माओवादी केन्द्र छोडेर नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश लहर चलेको छ । जिल्ला नेतृत्वको लागि गरिएको सिफारिस र जिल्लाको सांगठानिक संरचनाबारे पूर्वएमाले र माकेका जिल्लास्तरिय नेताहरु असन्तुष्ट बनेका छन् ।

यसैबीच एकताले आफूहरुको नैतिकता र राजनीतिक इमान्दारितामाथि प्रश्न उठाएको भन्दै दुई दर्जन नेताहरुले पार्टी परित्याग गरेका छन् । उनीहरु विप्लवले नेतृत्व गरेको नेकपामा प्रवेश गरेका छन् । जिल्लामा जारी नेकपाको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ को क्रममा उनीहरुले प्रवेश गरेका हुन् ।

भदौ १ गतेबाट सुरु भएको अभियानको एक नम्बर कमाण्डको आयोजना गरेको कार्यक्रममा पूर्व एमाले र माकेका स्थानीय २३ नेता पार्टीमा प्रवेश गरेको अभियान टीम इन्चार्ज यमराजले जानकारी दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]