Dabali News

प्रहरी हिरासतमा रहेका ‘प्रकाण्ड ̓ सँग मानवअधिकार सञ्जालको भेटघाट

२३ भदौ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ ।

भेटघाटको क्रममा टोलीले प्रकाण्डसँग हिरासत बसाईको अवस्थाका बारेमा जानकारी लिएको थियो । सो क्रममा नेता खड्काले राज्यले गैरन्यायिक तरिकाले आफुमाथि मुद्धा चलाईरहेको बताए । हिरासत बसाईका क्रममा मानवअधिकार विपरित प्रहरीले व्यवहार नगरेको जानकारी दिँदै उनले राज्यले आफुमाथि राजनैतिक प्रतिशोध साँध्न खोजेको दाबी गरे ।

भेटघाटपछि विज्ञप्ती जारी गर्दै सञ्जालले प्रकाण्डको श्रृंखलाबद्ध गिरफतारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले पटक–पटक रिहा गर्न आदेश दिँदा दिँदै पनि उनलाई बारम्बार पक्राउ गर्दा राज्यले आफ्ना नागरिकका लागि सुनिश्चित गर्नुपर्ने मानवअधिकारमाथि शंका उत्पन्न भएको जनाइएको छ ।

विज्ञप्तीमा मानव अधिकारको सम्मान गर्न सरकारसँग माग गरिएको छ । यस्तै वार्ताबाट समस्याको समाधान खोज्न पनि सम्बन्धित सबै पक्षलाई सञ्जालले आग्रह गरेको छ । हिरासतमा प्रकाण्डको मानवअधिकारका दृष्टिले सन्तोषजनक व्यवहार गरिएको निष्कर्ष आफुहरुको रहेको सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्माले बताए । भेटघाट टोलीमा संयोजक शर्मासँगै, सञ्जालका सदस्यहरु चन्द्रराजत पन्त, सुशिल गौतम, श्रीमन न्यौपाने, भुपेन्द्र वली र जे.एन सागरको सहभागिता थियो ।

निर्वाचनका क्रममा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा तुलसीपुर आएको बेला बम विष्फोट गराएको अभियोगमा शुक्रबार साँझ उनलाई दाङ ल्याईएको थियो । सर्बाेच्च अदालतले उनलाई रिहाई गर्न आदेश दिए पनि प्रहरीले पाँचौ पटक गिरफ्तार गरी दाङबाट मुद्धा चलाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]