Dabali News

बाढीपीडितमा स्वास्थ्य समस्या, प्रभावितलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन

२३ भदौ

बाँके । बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या देखिएको छ ।

उनीहरुलाई लक्षित गरी राप्ती सोनारी गाउँपालिका अन्तर्गत डुबान क्षेत्रमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचारार्थ आएका बाढीपीडितमा सो समस्या आएको हो ।

नेपाली सेनाको बाँके राष्ट्रिय निकुञ्जस्थित श्रीमेहर गण र विभिन्न सामाजिक संस्थाको समन्वयमा बाढीबाट प्रभावितलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा उपचारको लागि आएका अधिकांशमा आँखा, कान र पेट दुख्ने, समस्या देखिएको उपचारमा सैनिक अस्पतालबाट खटिएका डा.विजय केसीले बताए । खानेपानीको समस्याले आँखा कान र पेट दुख्ने समस्या भएको हुन सक्ने अनुमान छ ।

राप्ती सोनारी गाउँपालिका-२ कचनापुरको टिकुलीपुर र वडा नं.४ वैजापुरको धामपुरमा शिविर सञ्चालन गरिएको छ । टिकुलीपुरकी नन्दकली विकले निः शुल्क उपचार गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

अस्पताल जान समय ननिकालेका बैजापुरका प्रितिराम थारुले पनि आज गाउँमै स्वास्थ्य जाँच गराएका छन् । शिविरमा सामान्य चिकित्सा र बिरामीलाई निः शुल्क औषधि वितरण गरिएको छ । गत वर्ष बाढीले क्षति पु¥याएका बाढीपीडितलाई लक्षित गरी शिविर आयोजना गरिएको श्रीमेहर गणका प्रमुख सेनानी वासुदेव धिमालले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]