Dabali News

६ महिनाभित्र काठमाडौ धुलो र घुवाँमुक्त हुने : प्रम ओली

२३ भदौ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ६ महिनाभित्र काठमाडौ धुलो र घुवाँरहित हुने उदघोष गरेका छन् ।

जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राजधानीमा सडक खानेपानी निर्माणको क्रम चलिरहेकाले धुलो र हिलोको समस्या आएको भन्दै त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा राखे ।

‘छ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुन्छ । बाटो, ढल बन्छ । हामी इमान्दारिताका साथ काम गर्छाैं, उनले भने, ‘पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तो हुन्छ । दुई वर्षभित्र काठमाडौँका बाटाहरुको कालोपत्र गर्ने काम सकिन्छ । यसमा कोही आत्तिएर केही हुँदैन ।’ अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण सुरु हुने जानकारी गराए ।

आलोचना हुँदैमा नआत्तिन मन्त्रीहरुलाई आश्वस्तसमेत पारे । सरकार नढल्ने र वर्तमान मन्त्रिमण्डल पनि तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको ओलीले प्रष्टिकरण दिए । सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको आरोप उनले लगाए ।

‘केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन्,’ उनले भने, सरकार पनि ढल्दैन ।’ कार्यक्रममा सहभागी अर्थमन्त्री डा.युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन मन्त्रीहरुलाई आग्रह गरेका थिए ।

‘सरकार स्पष्ट सोच र दुरदर्शी द्रिष्टिकोणका साथ विकास र समृद्धिका लागि काम गरिरहेको दाबी गरे । संघीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले सेवामुखी, पारदर्शी र स्वच्छ भावनका साथ जनताका काम गर्न जिससका प्रतिनिधिलाई आग्रह गरे ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]