Dabali News

तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

२२ भदौ

सुनसरी । सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ ।

आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७४-०७५ मा १ हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए ।

जिल्लामा ४ वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको संख्या क्रमश : बढ्दै गएको देखिएको छ । आइपासको तथ्याङ्कअनुसार जिल्लामा आव २०७१-०७२ मा २९१, २०७२-०७३ मा ७५६, २०७३-०७४ मा ९३६ र २०७४-०७५ मा १ हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

गत आवको साउनमा १०३ , भदौमा ७३, असोजमा ७०, कात्र्तिकमा ९६ , मङ्सिरमा ८२, पुसमा १३९, माघमा १४८, फागुनमा ८९, चैतमा १९, बैशाखमा ११२, जेठमा १३३ र असारमा १२६ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

महिलामा जनचेतनाको वृद्धि, सुरक्षित गर्भपतन सेवा कार्यक्रमबारे कार्यक्रम सञ्चालन, निः शुल्क गर्भपतन सेवाको शुरुआत, १२ हप्ताभन्दा माथि अवधि तथा औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको शुरुआत र तालीम लगायतका कारणले सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ ।

तथ्याङ्क हेर्दा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखाए पनि असुरक्षित रुपमा गर्भपतन गराउने बढी रहेको स्थानीयले बताएका छन् । नेपालबाट भारतमा गएर गर्भपतन गराउने र भारतबाट नेपालमा आएर गर्भपतन गराउनेको संख्या बढेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]