Dabali News

जेलरको पदसमेत रिक्त रहेको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

२२ भदौ

काठमाडौं । जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् ।

कारागारको क्षमता ३५ जनाको भएपनि ११० जना कैदीबन्दी त्यहाँ छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको छ ।

शौच गर्न लाइनमा बस्नुपर्ने, एउटै कोठामा धेरै कैदीबन्दी राख्दा रोग सर्ने स्थिति कारागारमा रहेको छ । कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दाका ३५, लागूऔषधका १८, कर्तव्य ज्यान मुद्दाका १४, ज्यान मार्ने उद्योगका ११ थुनुवा तथा चोरीमा संलग्न ३ नाम कैदी रहेको जिल्ला कारागारले जनाएको छ ।

त्यस्तै कारागारमा सवारी ज्यान मुद्दा, कुटपिट, अङ्गभङ्ग, काठ ओसारपसार, बहुविवाह, अपहरण, अखेटोपहार ओसारपसार लगायतका कैदी रहेका छन् । कारागारमा कर्मचारीसमेतको अभाव छ । जेठदेखि जेलरको पदसमेत रिक्त छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]