Dabali News

भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन प्रभावकारी बन्दै

२१ भदौ

कञ्चनपुर । सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ ।

भीमदत्त नगरपालिकामा आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताए ।

४ पटक गर्भवती जाँच, आइरन चक्की तथा जुकाको औषधि खुवाउने र दुई वर्ष मुनिका बच्चालाई खोप लगाउने कार्य गरिँदै आएको छ ।

दुई वर्षअघिदेखि सञ्चालित कार्यक्रमको प्रभावकारिताका कारण गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुँदै आएका छन् । “आइरन चक्की र जुकाको औषधि सेवनले महिलामा रक्त अल्पताको समस्या हटेको छ” शाखा प्रमुख भट्टले भने ।

आमा र शिशुको स्वास्थ्य राम्रो राख्न कार्यक्रमले सघाउ पुर्याएको उनले बताए । स्तनपान गराउने महिलाको संख्या विगतको तुलनामा बढेको छ ।

२ कुपोषण उपचार केन्द्रमार्फत २३ महिना मुनिका अति कुपोषित बालबालिकालाई औषधियुक्त खानाको माध्यमबाट उपचार गर्ने व्यवस्था गरिएको छ । औषधियुक्त खानाको माध्यमले कुपोषित बालबालिका स्वस्थ हुन थालेका छन् । वडावडामा स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले स्वास्थ्य इकाई स्थापना अगाडि बढाएको छ ।

गत वर्ष वडा नं २, ८, १२ र १८ मा स्वास्थ्य इकाई स्थापना गरेको थियो । यस वर्ष वडा नं ३, ११, १३ र १५ मा स्थापना गर्ने बताइएको छ । प्रत्येक इकाईमा स्वास्थ्य सहायक (एचए) को व्यवस्था गरी उपचारात्मक तथा प्रर्वद्धनात्मक सेवा प्रदान गरिने योजना छ । नगरपालिकामा हाल ६नगर स्वास्थ्य केन्द्र, १ स्वास्थ्य चौकी र २ बर्थिङ्ग सेन्टर सञ्चालनमा छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]