Dabali News

मिस नेपाल खतिवडाले भक्तपुरको गाईजात्रा क्लिपमा लाने

१९ भदौ

काठमाडौं । भक्तपुरको गाईजात्रामा रमाएकी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखला खतिवडाले चीनको सान्यामा हुने मिस वल्र्ड प्रतियोगितामा भक्तपुरको गाईजात्राको क्लिप पनि लाने भएकी छिन् ।

चीनको सान्यामा डिसेम्वर ८ (मंसिर २२ गते शनिबार) मा हुने मिस वल्र्ड प्रतियोगितामा उनले गाईजात्राको क्लिप्स लैजाने भएकी छिन् । उनले मकवानपुरको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी त्यसको वृतचित्र लाने योजना बनाइसकेकी थिइन् ।

व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराका साथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरूले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्छन् ।

प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको व्युटी विथ पर्पाेज पनि हुने गर्दछ । नेपालका संस्कृति पनि झल्किने अनि अरुको भन्दा फरक पनि देखिने भएकाले आफ्नो पूर्व योजनामा गाईजात्राको क्लिप पनि थपेर लान खोजेको उनको भनाई छ ।

प्रतियोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरूले आ-आफनो उद्देश्य ल्याउने गर्दछन् । यो वर्ष हुने प्रतियोगितामा विश्वभरका १२० वटा देशका सुन्दरीले सहभागिता जनाउने छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]