Dabali News

धेरै महत्वपूर्ण संग्रहहरू रहेको ऐतिहासिक संग्रहालयमा आगलागी

१८ भदौ

काठमाडौं । २ सय वर्ष पुरानो ब्राजिलको राष्ट्रिय संग्रहालयमा आगो लागेको छ ।

त्यो ल्याटिन अमेरिकाकै ठूलो र धेरै महत्वपूर्ण संग्रहहरू रहेको ऐतिहासिक संग्रहालय हो । २ करोड सामग्रीको संग्रह रहेको संग्रहालयमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरू खटिएको बीबीसीले जनाएको छ ।

आइतवार लागेको आगोमा परी केही घाइते भएका छन् वा छैनन् भन्ने अहिलेसम्म खुलेको छैन् । आगलागीको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन् ।

उक्त सङ्ग्रहालयले यसै वर्षको शुरूमा आफ्नो २०० औँ वार्षिकोत्सव मनाएको थियो । त्यहाँ कुनै बेला पोर्चुगलका राजपरिवारकोसमेत निवास थियो । ब्राजिलका टिभीहरूले संग्रहालय बन्द गरिसकेपछि कसरी त्यहाँ लागेको आगो पूरै भवनभरि फैलिएको थियो भनेर देखाइरहेका छन् ।

सन् १८१८ मा बनेको उक्त संग्रहालयमा किराफट्यांग्रा, जीवाशेष, उल्कापिण्ड, विशेष किसिमले संरक्षण गरेर राखिएका शवहरू जस्ता सामग्रीहरूको २ करोडभन्दा बढी संग्रह छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]