Dabali News

आज हुने कन्सर्टका कारण अनमोल अमेरिका गएनन्

१६ भदौ

काठमाडौं । बुटवलमा भव्य रुपमा आयोजना भएको ‘अनमोल इभ’ आज (शनिबार) पोखरामा हुँदैछ ।

यसकै कारण अमेरिकामा हुन लागेको अवार्ड कार्यक्रममा नगएको आफूले कन्सर्टका लागि समय दिइसकेको उनले बताएका छन् ।

पोखरामा चलचित्र संघले गर्न लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड’मा सहभागी हुनका लागि चलचित्रकर्मीको टोली अमेरिका प्रस्थान गरेको छ । जसमा, नायक भूवन केसी, कलाकार सुनिल थापा, नायिका नीता ढुंगाना, निर्देशक दिपाश्री निरौला लगायत छन् ।

उनले भने,‘सामाजिक कार्यका लागि आयोजना भैरहेको यो कन्सर्ट रद्द गरेर म अमेरिका जान सकिनँ । पोखराका दर्शकलाई शनिबार उपस्थितीका लागि विशेष अनुरोध गर्दछु ।’  मोनिका इन्टरनेशनलले आयोजना गरिरहेको यो कार्यक्रम नेत्रहिन महिला संघको सहयोगार्थ आयोजना गरिएको हो । कार्यक्रम चितवन र विर्तामोडमा पनि आयोजना हुँदैछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]