Dabali News

विश्‍वयुद्धमा मारिएका ८ सय नेपाली युवाहरुको सामुहिक चिहान भेटियो, लोक गायक लामा पुगे (भिडियो हेर्नुहोस्)

१६ भदौ

काठमाडौँ । इटली सरकारले विश्व युद्धमा वीरगती प्राप्त गर्ने वीर नेपालीको सामुहिक चिहान बनाएको भेटिएको छ । लोक गायक मिलन लामा इटलीको सान मारिनो राज्यमा रहेको चिहानमा पुगेका छन् ।

सांगितिक कार्यक्रमको युरोप भ्रमणको क्रममा लामा त्यहाँ पुगेको बताएका छन् । उनले चिहानमाथि उभिँदा आफू निकै भावुक भएको बताउँदै गुजराकै लागि नेपालीले अरुको देशको लागि लड्नु पर्ने स्थिति कहिलेसम्म ? प्रश्न गरे । उनका अनुसार सान मारिनो सानो गणराज्य हो ।

लामाका साथी शम्भुले त्यहाँ पुर्याएका थिए । लामाले चिहानमाथि उभिएर त्यहाँको वर्णन गरे । एकान्त ठाउँमा बनाइएको सामुहिक चिहानलाई फुल बगैंचाजस्तै बनाएको छ । प्रत्येक चिहानमा सिलालेखजस्तै स्तम्भ पनि राखिएको छ । त्यहाँ उनको नाम, उमेर र लडाइँ फौजको नामसहितका विवरण उल्लेख गरिएको लामाले भिडियो बनाएका छन् ।

इटलीको रक्षाको लागि हिटलरको सेनासँग नेपाली लडेकोले सम्मान गरिएको हो । इटलीको रक्षाको लागि धेरै नेपालीले ज्यान गुमाएका थिए ।

हेर्नुहोस् सामुहिक चिहान

इटलीमा ८०० नेपालीको सामुहिक चिहान

इटलीमा ८०० नेपालीको सामुहिक चिहान

Online Dabali यांनी वर पोस्ट केले शुक्रवार, ३१ ऑगस्ट, २०१८

सन् १९३९ देखि ०४५ सम्म चलेको दोस्रो विश्व युद्धमा ब्रिटिस सरकारलाई सघाउने क्रममा नेपालीहरुले वीरगती प्राप्त गरेका थिए । लगभग ७० देश प्रत्यक्ष सहभागी भएको उक्त युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गएको थियो । मानव इतिहासको सबभन्दा घातक युद्ध थियो । दोस्रो विश्वयुद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा आफ्ना सेनाहरू पठाई बेलायतको पक्षबाट युद्धमा सामेल थियो ।

तात्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले बहादुर शमशेरलगायतको नेतृत्त्वमा २ लाख ५० हजार नेपाली फौज पठाएका थिए । नेपालीहरू वीरताका साथ युद्ध मोर्चामा लडे । लडाइँको क्रममा नेपालीहरुले साइप्रस, ग्रिस, सिरिया, लेबनान, प्यालेस्टाइन, इराक, सिङ्गापुर, मलाया तथा बर्मामा लडेका थिए । दोस्रो विश्वयुद्धमा ७ हजार ५ सय ४४ नेपाली युवाहरूले ज्यान गुएको थिए भने २३ हजार ६ सय ५५ जना घाइते भए ।
युद्धमा सघाएको भन्दै बिलायत सरकारले ३ करोड ३३ लाख एकमुष्ट आर्थिक दान दिएको थियो । यसका अलवा धेरै नेपाली वीरहरूले बेलायतले पदक पनि दियो ।

विश्वयुद्धमा नेपाल सहभागी भएको थिएन । दुई लाख नेपाली युवाहरु युद्धमा पठाउन आवश्यक नै थिएन । तर, राणाहरुले ब्रिटिस शासकहरुलाई खुशी बनाउन ठूलो संख्यामा नेपाली युवालाई बेकारको युद्धमा पठाए । नेपालीको विदेशी स्वार्थको लागि बगेको रगतबाट राणाहरुले पैसा र धन्यवाद पाए ।

स्टालिन नेतृत्वको सोभियत संघको लाल सेनाले हिटलरलाई पराजित गरेसँगै विश्वयुद्ध सकिएको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]