Dabali News

बिमस्टेकको मिस्टेक कि उग्रदक्षिणपन्थी जमघट ?

काठमाडौँमा जारी बिमस्टेक शिखर सम्मेलन बंगालको खाडी केन्द्रीत भनिएता पनि यो भारतीय हैकमवाद प्रदर्शनको पछिल्लो अभ्यास मात्र हो । नरेन्द्रभाई, दामोदरभाई, मोदी शैन्यवल र तामझामसहित आए । अझ संयुक्त सैनिक अभ्यास गर्ने घोषणा समेत गरे । यो चीन घेर्ने विश्व रणनीतिको हिन्द महासागरीय योजनाको एक अंश हो । सार्कलाई निस्तेज पार्ने, चीन र पाकिस्तानलाई अलग्याउने इन्डियन गेमप्लानबाट बिमस्टेक सञ्चालित छ । एकतिर, अनेकौं निसाना । अर्को पक्षभने बिमस्टेक देशका कार्यकारीहरु सत्ताकब्जा गर्ने उग्रराष्ट्रवाद नारा लगाएर सरल र सहज जनताको भावना दोहन गर्छन् । यो ‘भारतप्रेमी’ अतिदक्षिणपन्थी अभ्यासको कार्यकारी जमघट पनि हो ।

यस लेखमा सहभागी राष्ट्र र उनका उग्रदक्षिणपन्थबारे संक्षिप्त प्रकाश पारिनेछ । जहिलेपनि नक्कली शत्रु तयार गरेर आतंकको राजनीति फैलाउनु उग्रदक्षिणपन्थ वा फासिवादी खेल हुनेगर्छ भने उग्रराष्ट्रवाद, धार्मिक बहुसंख्यकवाद, घृणाका घोषणपत्र हुन्छन् । भय पैदा गरेर अल्पसंख्यकप्रति घृणा जगाउँदै बहुसंख्यकको श्रेष्ठता र अन्धविश्वास मनोवैज्ञानिक औजार हुन्छन् । तर्क र विज्ञान चेत दुश्मन ठहरिन्छ । २० औं शताब्दीमा फासीवादको विकास यहुदीप्रतिको जातीय घृणा र जातीय श्रेष्ठतावादले हिटलर, तोजो र मुसोलीनी जन्मायो भने म्याकार्थीकाल कम्युनिष्ट घृणाले अमेरिकी प्रभावको ह्यागओभर अझै छ । यसले जनप्रतिरोधी आवाजलाई कुनै घृणित मिथ्थक तयार गरेर अपराधीकरण गर्न पुग्छ । उग्रदक्षिण्पन्थ जब कानुनी हत्या र कानुनी सजाय दिन सक्दैन् तब भिडलाई उक्साएर हत्या गराउँछ अथवा गोप्य हत्यारा दस्ताले प्रतिरोधी आवाजलाई बन्द गराउन निमित्त तर्क अगाडि सारिन्छन् । नक्कली शत्रु तयार गरेर आतंकको राजनीति फैलाउनु उसकोे खेल हो ।

जहिलेपनि सत्ता ज्ञान र चेतनालाई कब्जा गर्न चाहान्छ । उसलाई बन्दुकको लडाइँ सहज हुन्छ तर आलोचना नहोस् भनेर बहस र प्रतिरोधी चेत दबाउन बुद्धिजीवीलाई सदा लोभमा फसाउनु वा डरफैलाएर काबु चाहान्छ । जनसरोकार र आन्दोलनसँग जोडिएको बुद्धिजीवी हैन् की विचाररहित टेक्नोक्रेट मात्र चाहान्छ । फासिवाद बाजा बजाएर आउँदैन । सबभन्दा पहिला शिकारमा स्वसेन्सरहीन बुद्धिजीवी, लेखक, कलाकार, पत्रकार पर्ने गर्छन् । भारतमा अहिले त्यस्तै भइरहेको छ । प्रतिरोधी आवाज दवाउन धार्मिक उग्रवाद फैलाइदैछ । लव जेहाद, गौकसी, मोभ लञ्चिग, विकास विरोधीजस्ता घृणाको घोषणपत्रले मात्र सफल नभएपछि सहरी माओवादी भनेर बुद्धिजीवी तप्कालाई तर्साइँदैछ । गोप्य हत्याका लामो सूच भइसक्यो ।

अन्धविश्वास विरोधी सक्रियतावादी नरेन्द्र दाभोलकर, गोविन्द पान्सारे, प्रोफेसर यमयम कलबर्गी, (उपकुलपति) पत्रकार गौरी लंकेशको त अज्ञात हत्याराबाट मारिए नै । ती हत्याहरुको उग्रदक्षिणपन्थी राजनीतिक मतियार जायज ठह¥याउँदैछन् । हालै समि अग्नीवेश र प्रो संजय कुमारमाथीको संघातिक आक्रमणमा सत्ताधारी पार्टी कार्याकर्ताको प्रतक्ष सहभागीता त्यसैका उदाहरण हुन । २८ अगस्तको एकैपटक विभिन्न राज्यबाट आनन्द तेलपुडे, गौतम नौलेखा, बरबर राव, अरुण फरेरा, सुसान अब्राहम, सुधा भारद्वाज र वेरिन गोजालेस पछिल्ला उदाहरण हुन् ।

त्यसैले भारतीय सर्वोच्च अदालत भन्न बाध्य भयो– ‘असहमतिको सेप्mटी वाल्व हटाईदियो भने प्रेसर ककुर पडकिन्छ’ भारतका राम्राभन्दा नराम्रा कुरा छिमेकीहरुले टपक्क टिप्ने गरेका छन् । श्रीलंकामा भिक्षु गालागोदा ऐथे गनानसराको बोडुवाला सेना (बौद्द शक्ति दललाई) सरकारको अप्रतक्ष सहयोग छ । बोडुवाला सेना हिन्दु, ख्रिस्तान र इस्लामकालागी आतंक बनेका छन् । नोवेल शान्ति पुरस्कार बिजेता म्यानमारकी आङसान सुकीको देशमा भिक्षु आसिन बिरुथुलाई बौद्धिस्ट ओसमाविन लादेन भनिन्छ । राज्यकै संगलग्नतामा जातिय नरसंहार रोहिग्या मुसलमानप्रति भएको ब्यबहार हेरौं । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्केको छ । त्यहाँका चर्चित एवं प्रभावशाली फोटो पत्रकार शाहिदुल आलमको गिरप्mतारीले शेख हसिनाको चित्र र चरित्र बोलिरहेकोछ । देशविहीन नागरिकको पीडा । जातीय उन्मादको भुटानले नेपाली भाषीलाई खेदेको जगजाहेर छ । छद्मराष्ट्रवाद र जातीय घृणाबाट सत्तामा पुगेका हाम्रा प्रधानमन्त्रीलाई आफनै मधेशवारेका भनाई सच्याउन हममहम्मे परिरहेको छ, ।

संविधानका मूलमर्म विरोधी जंगवहादुरको प्रेतआत्माको मुलुकी ऐन अहिले असहमति दवाउने औजार बन्नेवाला छ । सार्कको समानान्तर आएको बिमस्टिेक सम्मेलन कुनै क्षेत्रिय सहअस्तत्विको जमघट नभै भारतीय सुप्रमेसीको प्रर्दशन मात्र हो । सहभागी नेताहरु आफै राष्ट्रवादका नाममा भारतीय हैकम स्वीर्काने मात्र नभै उग्रदक्षिणपन्थका अनुयायी पनि हुन् । हालै विकसित घटनाक्रमहरु नियालियो भने, यो क्षेत्रमै कसरी उग्रदक्षिणपन्थ मौलाएको छ र त्यसको केन्द्रमा कसरी भारतीय राष्ट्रिय स्वयम् सेवक संघका एजेन्डा क्रियाशील छन् भन्ने बुझ्न सकिन्छ । देशविहीन भुटानीबारे यो सम्मेलन वा दुई पक्षीय संवाद भएनन् । मानवत्रासदी म्यानमारका रोहग्या मुसलमानबारे चर्चा पनि भएन ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]