Dabali News

निर्मलाले टिपेर लगेको भनिएको अम्बाको रुख यसकार काटियोः रोशनीकी आमाको बयान

१३ भदौ

महेन्द्रनगर । निर्मला पन्तको कसरी र कसले हत्या गरेको हो भन्ने समाज र परिवारलाई चित्त बुझ्दो अनुसन्धान बाहिर आएको छैन । हत्या अभियोगमा समातिएका दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइएको छ ।

मंगलबार काठमाडौँ ल्याइएका विष्टको मानिसक र स्वास्थ्य जाँचको लागि काठमाडौँ ल्याइएको हो । पाटनस्थित मानसिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उनको चेक जाँच गरिने बताइएको छ । मानसिक सन्तुलन गुमाएका भनिएका विष्ट शारीरक सम्पर्कको लागि योग्न छन् वा छैनन् भन्नेपनि चेकअप गरिने भएको छ ।

महेन्द्रनगरमा शान्त हुँदै गइरहेको छ । कफर््यू हटेसँगै मानिसहरु सामान्य दैनिकमा फर्केका छन् । निर्मलाको हत्या कसरी भएको हो भन्ने विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । स्थानीयले पनि विभिन्न अडकल गरिरहेका छन् । रोशनी बम दिदीबहिनी पनि प्रहरी हिरासतमै छन् । उनीहरुमाथि पनि नयाँ शिराबाट अनुसन्धान भइरहेको छ ।

घटनाको बास्तविकता बम दिदीबहिनीलाई जानकार भएको धेरैले शंका गरेका छन् । उनीहरुको उठबससँगै घटनापछि घरमा भएको अम्बाको रुख काटेको र घरको भित्तामा रङ लगाएका जस्ता कुरालाई आधार मात्रै बनाएका छैनन् । छोरी घर नपुगेको भन्दै निर्मलाकी आमा रोशनीको घर पुग्दा र साइकल भेटिएपछिका अभिव्यक्तिलाई पनि आधार बनाइएको छ ।

घटना पहिले घरमा एक्लै बस्दै आएकी थिइन् बम दिदीबहिनी । अहिले भने आमा–बुबा दार्चुलाबाट झरेका छन् । निर्मलाले अम्बा टिपेर लगेको भनिएको रुख नै काटेपछि झन् सशंकि बनाएको छ । रुख रोशनी र बबिताले नकाटेर आमाले काटेकी हुन् । अम्बाकै कारण साथीहरुकी छोरी आउने भएको कारण काटिएको रोशनीकी आमाले बताएकी छन् ।

“त्यसमा फासी लगाएको भए प्रुफ चाहिन्छ भनेर राख्ने थिए तर लाश रुखबारीमा भेटियो । अम्बाले गर्दा साथी आउँछन्, आज यस्तो घटना भयो, भोली अर्को पनि हुन सक्छ भन्ने हिसाबले रुख काटिएको हो” रोशनीकी आमाले भनिन् । उनले साउन १७ गते अम्बाको रुख काटेको भन्दै काट्ने मान्छे पनि ल्याइदिने बताइन् ।

रोशनीकी अामाले एसपी डिल्लीराज विष्टसँग कुनै अाफ्नो चिनजान भएको तर यो घटनापछि मात्रै चिनजान भएको बताएकी छन् । अाफूले भरखरै मात्रै विष्टको घर दार्चुला भएको समेत जानकारी पाएकी बताएकी छन् । जबकी रोशनीकी अामा र विष्टको चिनजान कारण रोशनी र बबिताको चिनजान भएको बताइँदै अाइएको छ । त्यसैगरी घरमा कुनै रङ नलगाएकी रोशनीकी अामाले दाबी गारेकी छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]