Dabali News

पवित्राले गरिन् आत्महत्याः अडियो रेकर्ड गरेर छोराछोरीलाई रुँदै अर्ती-‘काम गरेर खानु, नचोर्नु…’

१२ भदौ

काठमाडौँ । महिला हिंसाविरुद्ध नेपालमा विरोध पदर्शन भइरहेको बेला भारतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । उनले आफ्ना तीन छोराछोरीको लागि अन्तिम अर्ति रेकर्ड गरेर खल्तिमा हालेर आत्महत्या गरेकी हुन् ।

अछामको मंगलसेन–७ की ४० वर्षीय पवित्रा ढुंगानाले आफूलाई श्रीमान पदमराज जोशीले मर्न बाध्य पारेकै कारण आफूले अात्महत्या गरेको बताएकी छन् । उनले मर्नुअघि रेकर्ड गरेको अडियो सार्वजनिक भएको छ ।

हाल कैलाली बस्दै आएकी पवित्राले आत्महत्या भने भारतमा गरेकी हुन् । तीन छोराछोरीकी आमा पवित्रा श्रीमानसँगै बस्दै आएकी थिइन् । छोराछोरी स्कूल गएको मौका छोपी उनले आत्महत्या गरेको अडियोबाट बुझ्न सकिन्छ । उनले रुँदै छोराछोरीलाई अन्तिम अर्ति दिएकी छन् । स्कूलबाट फर्केपछि मेरो लाश हेर्नु । घर भन्नु भन्दै जेठो छोरालाई भाईबहिनीलाई सामाल्नु भनेकी छन् । जेठो छोरा १३ वर्षको भएको अडियोमै भनेकी छन् । जेठो छोरालाई भाइ र बहिनीलाई नपिट्नु, ठूलो बनाउनु, भाई बहिनीलाई समाल्नु भनेकी छन् ।

“मलाई बस्न र खान नदिएकै कारण कारण छोरा म मर्दछु, के गरु मलाई सारै भयो । भाई मामाको खोजी गएको छ, राम्रोसँग हेर्नु । मलाई बाच्न नदिएरै मर्दैछु । त्यसको (श्रीमान) पछाडी नजानु, मामाको घरमा जानु, राम्ररी बस्नु, साँझ आउनु मेरो लाश हेर्नु” पवित्राले अडियोमा भनेकी छन् । आफूले जन्माई दिएको र यो भन्दा बढी केही गर्न नसक्ने भन्दै काम गरेर खानु तर कसैको पनि चोरेर नखानु भनेकी छन् ।

“भाई मामाको खोली गएको छ ।  तँ १३ वर्षको भइहाली । भाइलाई नहान्नु, ठूलो बनाउनु । मलाई रात दिन बस्न-खान नदिएर मरेकी हुँ बाबु, मेरो बेइजत भयो । मैले जन्म दिए, भात-दाल पकाएर खुवाए, त्यति मात्रै हो बाबु । अरु धेरै मुले परेका (आमा नभएका) बच्चाहरु छन् । काम गरेर खानु, कसैको चोरेर नखानु । मैले कसैको एक रुपैयाँ खाएको छैन । तीन लाख मना अन्टीलाई दिएकी छु” पवित्राले रेकर्ड गरेको अडियोमा रुँदै भनेकी छन् । उनले आफूलाई श्रीमानले बस्न–खान र नभएकै आरोप लगाएकै कारण मरेकी हुँ । उनले करन जोशीले पनि नभएकै आरोप लगाएको बताएकी छन् । छोरी मनिसालाई हजुर आमाको घरमा बस्नु भनेकी छन् ।

पवित्राले श्रीमानले आफूलाई विभिन्न आरोप लगाएर आफ्नो बेइजत गरेको अडियोमा भनेकी छन् । आफू मरेको खबर माइजुलाई भन्नु भन्दै सम्झना आए फोटो हुर्न छोराछोरीलाई भनेकी छन् । उनले यो रेकर्ड खल्तीमा हालेको बताएकी छन् ।

“छोरा आफ्नो बाटो आफै समाल्नु । १० कठा जमिन छ, आफ्नो भाग लिनु । तिम्रो पढाई यति नै हो” पुष्पाले अन्तिममा भनेकी छन् ।

यस्तो समाचार छापेका छन् स्थानीय पत्रिकाले 

भारतको निगडीमा पवित्राले हिजो आत्महत्या गरेकी हुन् । उनी त्यहाँ श्रीमानसँगै मजदूरी गरेर छोराछोरीलाई पढाईरहेकी बताइएको छ । पवित्राको आत्महत्याको समाचार स्थानीय पत्रिकाले प्रकाशित समेत गरेका छन् । प्रहरीले पवित्रका श्रीमान् र अडियो भनिएका करनलाई पक्राउ गरेको छ ।

पवित्रा दोस्रो श्रीमती भएको हुन् । यो उनले रेकर्ड गरेको अडियोबाट पनि बुझिन्छ ।

सुन्‍नुहोस्-अात्महत्या गर्नुअघि पवित्राले छोराछोरीको लागि रुँदै रेकर्ड गरेको अर्ती, मेरो फोटो हेर्नु…

  • टेकराज भण्डारीको सहयोगमा

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]