Dabali News

कविताः युद्धका झिँगाहरू, रगतका आहलमा नाच्छन्

युद्धका झिँगाहरू
कुनै मैदान जस्तै हो
झिँगाहरू जहाँका पनि
उस्तै उस्तै झिँगा हुन्छन् ।
युद्धका झिँगाहरू त
रगतका टाटा वरीपरि घुम्ने हुन्
जहाँका झिँगाहरू पनि
पानीपुरीमै रमाउँछन्
दुर्गन्धीत ठाउँका झिँगा
जहाँसुकै उस्तै भन्भनाउँछन्
युद्धका झिँगाहरू
गोब्रेकीराहरू भन्दा फरक हुन्
त्यहाँ सदैव झिँगाहरू
चाकडी गर्न ,फनफन
राज्य वरीपरि घुमिरहेका हुन्छन् ।
हरेक दिन रात
नयाँ झिँगाहरू सुत्दैनन्
हरेक विहान , संघारमै उभिरहेका हुन्छन्
बरबराउँदै जिन्दावाद र मूर्दावाद भन्छन्
युद्धका झिँगाहरू
देशको सिमाना वरिपरि छन्
विषालु झिँगाहरू
सधैँ नेपथ्यमा घुमिरहेका हुन्छन्
कुमाउ नजिकै
युद्धका झिँगाहरू फुत्त फुत्त
झिँगाभएरै मान्छे कराउँछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]