Dabali News

‘गाईजात्रा २०७५’ कोे व्यङ्गय सरकारले पचाउन नसक्नेः कलाकारहरु

११ भदौ

काठमाडौं । ‘गाईजात्रा २०७५’ को अवसरमा कलाकार मनोज गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिकोपछि लागेको आरोप लगाउँदै जनताले दुःख पाएको बताएका छन् ।

उनले भने, ‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो ।’ ‘हाम्रा मन्त्रीलाई ५–५ जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ ।’

उनले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प लगायत व्यक्ति र राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरे । प्रस्तुतिको क्रममा उनले पत्रकार धमला जहिले पनि क्यामराको अघि आइरहने विषयको व्यङ्ग्य गरे । उनले भने, ‘यो संसारमा अहिलेसम्म वैज्ञानिकहरुले धेरै कुराको अविष्कार गरे । तर ऋषि धमला खिच्न नमिल्ने क्यामरा आविष्कार गर्न सकेनन् ।’

गाईजात्रा विषेश साक्षात्कारमा दीपकराज गिरीले ५ वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाए । उनले भने, ‘गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दुःखद र अत्याचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ, अर्को तर्फ ५ वर्षको लागि बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई खुब हसाई राख्नु भएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ, उहाँले जनताको काम गर्ने भन्दापनि हसाँउने काम गरिरहनु भएको छ ।’

कार्यक्रममा अर्का लोकप्रिय हाँस्य व्यङ्य कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताए । उनले भने, ‘वर्तमान सरकार कलकारको कुरा सुन्न र व्यङ्ग्यलाई बुझ्न सक्ने स्थितिमा छैन । अहिले त कसैले सरकारको गल्तिका बारेमा व्यङ्ग्य गरे भने उल्टै जेल पठाउने कानून बनाउदैछन् , बोल्न पनि डरमर्दो छ, कुनै मन्त्रीको व्यङ्ग्य गर्ने हो भने जेल हालिदिने खतरा छ, कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यङ्ग्य गर्दा हरिबंशले लुगा फेर्दै गरेको ठाउँमा पुगेर तिमीलाई त व्यङ्ग्य गर्न आउँदैन रहेछ भनेर भन्नु भएछ ।’

उनले भने, ‘हरिबंशले डराउदै किन के भयो ? केही गल्ति गरेकी भनेर सोध्दा भट्टाईले भन्नु भएछ यो त कम भयो, यो भन्दा बढि म आफैले गर्न सक्थे, पुगेन सरकारका गल्ति कम्जोरीको बारेमा खरो रुपमा प्रस्तुत हुनुपर्छ, खै मलाई त उडाउन सक्नु भएन, भन्नु भएको थियो तर आज मन्त्री, प्रधानमन्त्रीलाई कलाकारका कुरा सुन्न र व्यङ्ग्यको भाव बुझेर जनताको काम गर्न फुर्सद छैन ।’

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]