Dabali News

९० घण्टा लामो प्रवचन, विश्व कीर्तिमान राख्ने अभियान

११ भदौ

काठमाडौं । योगसाधक अनन्तराज केसीले सबैभन्दा लामो प्रवचन दिएर विश्व कीर्तिमान राख्ने अभियान सुरु गरेका छन् ।

नुवाकोट घर भएका ५० वर्षिय केसीले ९० घण्टा लामो प्रवचन दिएर विश्व कीर्तिमान राख्न प्रवचन सुरु गरेका हुन् । काठमाडौंको जोरपाटीस्थित इस्टपोल विद्यालयमा सोमबार बिहान सवा ६ बजेदेखि सुरु भएको प्रवचन यही भदौ १५ गते राति सकाउने लक्ष्य लिइएको छ ।

कार्यक्रमका संयोजक कुमार राज सुवेदीले विश्व कीर्तिमान राख्ने अभियानमा आफूहरुलाई आर्थिक सहयोग चाहिएको भन्दै सहयोगका लागि सबैलाई आग्रहसमेत गरेका छन् । योगसाधक केसीले स्मरण शक्ति बढाउने, प्रेरणा जगाउने सम्बन्धी प्रवचन दिइरहेका छन् ।

‘गिनिज बुक अफ वर्लड रेकर्डस्मा कीर्तिमान बन्न कम्तीमा १० जना मानिसले बसेर प्रवचन सुनेको हुनुपर्ने नियम रहेको जनाइएको छ । प्रवचनका क्रममा केसीले १ घन्टामा ५ मिनेट विश्राम गर्न पाउने छन् ।

यसअघि, ८१ घण्टा १६ मिनेटको प्रवचन दिएर विश्व कीर्तिमान राखिएको छ । जसलाई तोड्न केसीले ९० घण्टाको प्रवचन दिने लक्ष्य लिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]