Dabali News

निर्मलाका हत्यारा बबिताका ब्याईफ्रेन्ड ?

१० भदौ

धनगढी । निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै उठेको आन्दोलन काठमाडौँसम्म फैलिइरहेको छ । शनिबार काठमाडौँमा पनि निर्मलालाई न्यायको लागि भन्दै प्रदर्शन गरियो ।

सेती–महाकालीका अन्य जिल्लाहरुमा पनि प्रदर्शन जारी छन् । एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेर सुरु गरिएको छानविन समितिले शून्यबाट काम गरेको छ । आन्दोलनकारीको मागअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई पनि सरकारले फिर्ता बोलाएर घटनालाई नयाँ सिराबाट छानविन सुरु गरेको छ ।

सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाउँदै छानविन समिति गठन गरेसँगै केही शान्त भएको महेन्द्रनगर शुक्रबार एकाएक तात्यो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले घटनाबारे दिएको अभिव्यक्तिलाई लिएर शुक्रबार आन्दोलनकारी सडकमा निस्किए ।

विरोध प्रदर्शन मात्रै गरेका पीडितमाथि प्रहरीले गोली बर्षायो । प्रहरीले सामान्य विरोधमै गोली चलाएको आरोप आन्दोलनकारी छ । प्रहरीको गोली लागेर शनी खुनाको मृत्यु भयो भने १६ जना घाइते भए । यो घटनापछि निर्मला हत्याकाण्ड विषायन्तर हुने चिन्ता पनि बढेको थियो । स्थानीय प्रशासनले फेरि कर्फ्यू जारी गर्यो । आजसम्म पनि पूर्ण रुपमा हटेको छैन । शनिबार दिनभर जारी रहेको कर्फ्यू आइतबार केही घण्टाको लागि फिर्ता लिइएको थियो ।

पीडित परिवार र आन्दोनलकारीको अर्को माग थियो, निर्मलाकी साथी र उनकी दिदीलाई पक्राउ गर्नुपर्ने । एसपी विष्ट कञ्चनपुरमा रहेसम्म पक्राउ नगरिएकी रोशनी र बबितालाई प्रहरीले शनिबार विहान पक्राउ गरेको छ । उनीहरुको बसाई र अभिव्यक्तिप्रति निर्मलाका घर परिवारलाई शंका लागेको छ । विशेषगरी बबिताले ‘पोइल गई होली, लास पनि त्यही होला’ जस्ता शब्द प्रयोग गरेको हुँदा बढी शंका बढेको हो । सुरुमा निर्मलाकी आमा घरमा पुगेर बबिता नफर्केको भनेपछि ‘पोइल गइहोली’ भनेकी थिइन् भने साइकल भेटिएपछि फेरि सोध्दा ‘लासपनि त्यही होला’ भनेको निर्मलाका परिवारको दाबी छ ।

स्थानीयका अनुसार बबिताको घरमा प्रयाः केही युवाहरुको आवत जावत हुने गर्थो । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित घरमा बबिता र उनकी बहिनी रोशनी बस्थिन । निर्मला आफूसँगै पढ्ने रोशनीलाई भेट्न गएको बेला वेपत्ता भएकी थिइन् । एसपी विष्ट र बम परिवारको सम्बन्धप्रति पनि स्थानीयले शंका गरेकै थिए । हुन त दुबै परिवार दार्चुलाकै भएका कारण यसलाई अन्यथा नलिएपनि बबिता र रोशनीलाई पक्राउको माग गर्दै गोली चल्दासम्म किन पक्राउ गरिएन भन्ने प्रश्न सबैले गरेका छन् ।

बबिताको अभिव्यक्तिका आधारमा निर्मलाको बलात्कार र हत्यामा उनीकहाँ आउने व्यक्तिको संलग्नता हुन सक्ने अनुमानका आधारमा उनीमाथि प्रहरीले अनुसन्धान गरेको छ । यसअघि प्रहरीले बबिता र उनकी बहिनी रोशनीको फोन ट्याप गर्दा पनि घटनासँग सम्बन्धीत कुनै प्रमाण फेला नगरेको बताएको थियो । कतिपय स्थानीयले बबितालाई भेट्न आउने व्यक्ति निर्मलाको हत्यामा संलग्नता हुन सक्ने शंका गरेका छन् । स्थानीयले भनेझैं केही बबितालाई नियमित भेट्न अाएकै हुन् उनीहरु को हुन् भन्ने पनि खुल्ला ।

बबितलाई नियमित भेट्न जाने प्रेमी हुन् वा अाफन्‍त हुन भन्ने खुल्न बाँकी छ । दुई जना व्यक्ति नियमित बबिताको घर जाने भएकोले उनका प्रेमी हुन सक्ने पनि शंका स्थानीयले गरेका छन् । एसपी विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका नाता लाग्ने युवा बबितालाई भेट्न जाने गरेको स्थानीयको भनाई छ । एसपी र मेयरका आफ्न्तकै संलग्नतामा निर्मलाको हत्या भएको हुन सक्ने पीडित परिवारलाई शंका लागेकै छ । तर, मेयर विष्टले सार्वजनिक रुपमै कोही व्यक्ति अाफन्त भएपनि अपराध अाफन्त हुन नसक्ने भन्दै कारवाहीको लागि सहयोग गर्ने बताइसकेका छन् ।

यो शंका दुई कोणबाट गरिएको छ । पहिलो, निर्मला बबिताको घरमा पुग्दा कुनै गलत कार्य भइरहेको देखेपछि घटना भएको हुन सक्ने र दोस्रो, बबितासँग भेट्न आउने व्यक्तिले निर्मलालाई गलत कार्य गर्न खोज्दा प्रतिकार गर्दा हत्या गरिएको हुन सक्ने । यी दुईवटा शंका पनि स्थानीय र पीडित परिवारले गरेका छन् । यस्तो नहुन पनि सक्छ तर शंका गरिएको छ ।

बबिताका दिदीवहिनीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको हुँदा अनुमान र शंका धेरै गर्नु ठिक नहोला तर अनुसन्धान पनि शंका गरिएकै विन्दुबाट सुरु हुन्छ । हुन सक्छ छिमेकी भनेजस्तो बबिता नराम्रो काम गर्ने युवती नहुन पनि सक्छन् । तर, उनका अभिव्यक्तिकै कारण शंकाको घेराभित्र परेकी हुन् ।

यो पनि पढ्नुहोस्

निर्मलाको हत्यामा प्रहरी र स्थानीय सरकारको भूमिका सन्देहात्मकः इन्चार्ज राप्ती

निर्मलाकी साथी रोशनी र दिदी बबिता घरबाटै पक्राउ, हत्यारा पत्ता लाग्‍ने अपेक्षा

निर्मला हत्याकाण्डबारे विप्लवको विज्ञप्तिः हत्यारा खोज्नुको सट्टा सरकार दमनमा उत्रियो

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै बझाङमा विरोध प्रदर्शन

निर्मलाको नाममा आफैलाई मुर्दावाद

(नेकपा) को निर्णयः निर्मलाको हत्यामा शंकास्पद सबैमाथि अनुसन्धान

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]