Dabali News

निर्मलाको हत्यामा मेरो संलग्नता पुष्टि भए राजनीतिक जीवन त्याग गर्छुः मेयर विष्ट (भिडियोसहित)

९ भदौ

महेन्द्रनगर । भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र विष्टले निर्मला पन्तको हत्यामा आफ्नो संलग्ना पुष्टि भए राजनीतिक जीवन नै त्याग गर्ने बताएका छन् ।

आन्दोनकारीले मेयर विष्टले अपराधीलाई बचाउन खोजेको आरोप लगाइरँदा विष्टले सो कुरा बताएका छन् । उनले दोषीलाई कारवाहीको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

मेयर विष्टले व्यक्ति आफान्त हुन सक्छ त र अपराध आफन्त हुन नसक्ने भन्दै दोषीलाई कारवाही हुनु पर्ने बताए । उनले आफूमाथि लाग्दै आएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । सामाजिक हिसाबमा कोही नाता लाग्ने व्यक्ति हुन सक्छन् तर उनीहरु दोषी भए कारवाही भोग्नु पर्ने बताए ।

आफू एसपी डिल्लीराज बिष्टको सम्बन्ध केही नभएको बताए । आफू बैतडीको विष्ट र एसपी दार्चुलाको विष्ट भएको बताउँदै सामाजिक सम्बन्ध भन्दापनि वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।

साउन १० गते साथीको घर भएकी निर्मला पन्तको नजिकैको उखूबारीमा शव भेटिएको थियो । उनको बलात्कार गरी हत्या गरिएको पुष्टी भएपछि पीडित परिवारले र स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै अान्दोलनरत छन् । अान्दोलनको क्रममा एक जनाको मृत्यु भइसकेको छ भने करिब ३० जना घाइते छन् ।

मेयर विष्टले घटनाबारे पहिलो पटक सार्वजनिक रुपमा यसो भने 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]