Dabali News

राधेश्याम लेकाली अनेसासको अध्यक्षमा विजयी

९ भदौ

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।

चुनावमा राधेश्याम लेकाली अध्यक्षमा विजयी भएका छन् । अध्यक्ष पदका लागि लेकाली र गोबर्धन पूजावीच प्रतिस्पर्धा भएको थियो । लेकालीले ५७० मत पाए भने पूजाले ३५९ मत पाए ।

त्यसैगरी महासचिवमा गणेश घिमिरे ५८७ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी रामप्रसाद खनालले ३४३ मत पाए । बरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल र उपाध्यक्षमा शान्तिराम ढकाल (अमेरिका) र निशा अर्याल एशिया विजयी बनेका छन् ।

भीमसेन सापकोटा र सुनील संगम ओसेनिया र युरोपका उपाध्यक्ष भएका छन् । लाल गोपाल सुवेदी सचिवमा र विकास विष्ट कोषाध्यक्षमा निर्वाचित भएका छन् भने कार्यसमितिको सदस्यमा सानु घिमिरे, लक्ष्मी राई र अग्निप्रसाद पराजुलीले जीत हात पारेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]