Dabali News

Ad

मतगणना सुरु हुँदै, रातिबाट परिणाम आउने

बमको आवाजसँगै सुरु भएको मतदान बमका अावाजसँगै सकियो

२१ मंसिर

काठमाडौँ । दोस्रो चरणको निर्वाचनको मतदानको लागि छुट्याएको समय सकिनै लागेको छ ।

विहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजे सकिँदैछ । चुनावमा ठूलो अप्रिय घटना नघटेपनि देशभर बम विस्फोटका आवाजसँग सुरु भएको मतदान सकिँदासम्म आवाज आइरहेका छन् । तर, त्यस्ता घटनाले कुनै मानविय क्षति भने भएनन् । बरु निर्वाचनमै सहभागी पार्टीबीच भोटको लागि केही जिल्लाहरुमा झडप भएका छन् । सर्लाहीमा त एक जना महिलाको अवस्था चिन्ताजनक छ । त्यसैगरी स्याङजामा पनि फर्जि भोट हाल्न खोज्दा झडप भएको छ ।

अज्ञात समूहले काठमाडौँकै धेरै मतदान आसपास क्षेत्रमा बम विस्फोट गराएको छ । विस्फोटबाट नैपाक, कौशलटारको आदर्शजनप्रेमी र भक्तपुरको सूर्यविनायक नगरपालिकाको बाल विनायक मतदान केन्द्र, कैलाली, कंचनपुर, डडेल्धुरा, अछाममा एमाले उपाध्यक्ष भीम रावलले मतदान गर्ने बुथमा टाइम बमदेखि अधिकांश जिल्लाहरुमा बम विस्फोटले केही समय तनावपूर्ण बनायो ।

अझ सल्यानको एउटै मतदान केन्द्रलाई लक्षित गरी लगातार २० ओटा बम विस्फोट भएका छन् भने धनकुटाको थलथले मतदान केन्द्रमा ७ ओटा बमसम्म विस्फोट भएका थिए । प्रधानमन्त्री शेरबहादर देउवाले मतदान गरिरहँदा डडेल्धुरामा बम विस्फोट भएको थियो ।
केही मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले मतदान गरिरहेपनि अधिकांश ठाउँहरुमा सकिएको छ ।

निर्वाचन आयोगको अनुसार मतगणना साँझबाटै नै सुरु हुन्छ । पहिलो चरणको निर्वाचन भएका जिल्लाहरुको मतगणना साँझबाटै भएपनि आज निर्वाचन भएका जिल्लाहरुका मतपेटिका पुग्नेवितिक्कै मतगणना सुरु हुने आयोगले बताएको छ ।

काठमाडौंको मतगणना आजै साँझबाटै सुरु हुनेछ भने अन्य जिल्लाहरुको मतपेटिका राति मात्रै पुग्ने भएका कारण भोलि विहानबाट मात्रै सुरु हुने आयोगले बताएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]