Dabali News

Ad

‘बम विस्फोट’का घटनाको जिम्मा लिएको छैनः पुन

२१ मंसिर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले संचारमाध्यममा चुनावको क्रममा भएका बम विस्फोटको जिम्मा लिएको भन्दै अाएको समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।

नेता पुनले पार्टीको आधिकारिक कुरा महासचिव विप्लवबाटै आउँने भन्दै अनलाइन खबरसँग सामान्य अनौपचारिक रुपमा मात्रै कुरा भएको बताएका छन् । कुराकानीको क्रममा पार्टीले चुनाव खारेज अभियानको नेतृत्व गरेको र त्यसबारे पार्टीले अाधिकारिक भनाई सार्वजनिक गर्ने बताएको तर अाफ्नो र पार्टीबारे जनतामा भ्रम फैलाउने नियतका साथ समाचार अाएको भन्दै पुनले अापत्ति जनाएका छन् ।

“मैले जिम्मा लिएको भनेर जसरी कुरा आएको छ, त्यो होइन । मेरो बद्नाम गर्ने उद्देश्यले समाचार आएको छ, यसप्रति मेरो ध्यानाकर्षण भएको छ” नेता पुनले अनलाइन डबलीसँग कुरा गर्दै भने । उनले अाफूले कुनै पनि कुराको जिम्मा नलिएको समेत बताए ।

नेता पुनले जनतामा भ्रम पर्ने गरी समाचार लेखिएको भन्दै यसबारे प्रेस विज्ञप्तिमार्फत खण्डन लेख्दै गरेको जानकारी समेत दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]