Dabali News

Ad

अरुको नाममा भोट हाल्न खोज्दा काँग्रेस र एमाले–माकेबीच झडप, प्रहरीद्वारा हवाई फायर

२१ मंसिर

स्याङजा । जिल्लाको एउटा मतदान केन्द्रमा अरुको नाममा भोट हाल्न खोजेको भन्दै झडप भएको छ ।

स्याङजाको गल्याङ नगरपालिका ११ तुलसि भञ्ज्याङमा बामगठबन्ध र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

अर्काको नाममा भोट हाल्न लागेको भन्दै गठबन्धन र काग्रेस कार्यकर्ताबीच बिबाद भएपछि झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर पनि गरेको जनाइएको छ । दुबै पक्षले एकले अर्कालाई फर्जि भोट हाल्न खोजेको आरोप लगाइरहेका छन् ।

झडपपछि एक घण्टा सम्म मतदान प्रक्रिया अबरुद्ध भएको थियो । अहिले पुन सर्वादलिय बैठक बसि कडा सुरक्षा बीच मतदान सुरु भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]