Dabali News

Ad

भोट हाल्न लाइनमा बसेका मतदाताले मतपेटिका फुटाए, सुरक्षाकर्मीले ताली पिटे !

२१ मंसिर

अर्घाखाँची । जिल्लामा निर्वाचन अधिकृतले नै धाँदली गर्न खोजेको भन्दै मतदाताले नै मतपेटिका फुटाएका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ५ मथुरा माविमा मतदान केन्द्रका अधिकृत सुरेन्द्र अधिकारीले धाँदली गर्न खोजेको भन्दै स्थानीयले मतपेटिका फुटाएका हुन् ।

स्थानीयका अनुसार अधिकृत अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र बाँडेका थिए । त्यो थाहा पाएपछि विवाद सुरु भएको थियो । मतदान स्थगित भएको छ ।

आक्रोसित मतदाताले मतपेटिका फुटाएर फाल्दा सुरक्षाकर्मीले तालि पेटिको एक मतदाताले जानकारी दिए । निर्वाचन अधिकृत अधिकारीले बद्‍मासी गरेको कुरा सुरक्षाकर्मीले थाहा पाएको बताइएको छ ।

थप विवरण आउँन बाँकी छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]