Dabali News

निर्मलाको नाममा आफैलाई मुर्दावाद

साथीका घरमा गएकी निर्मला पन्त एकाएक १० साउनमा वेपत्ता भएपछि ऊखूबारीमा भोलीपल्ट शव फेला पर्‍यो । तर, बलात्कारी हत्यारा भने अझै पत्ता लागेन । राजधानीलाई दुखेन, महलिावादीलाई विषय बनेन् । संसदीय राजनीतिकका विषय बनेनन् । संसदको बहस विषय बनेन् । किनकी महेन्द्रनगर काठमाडौबाट टाढा छ । र, निर्मला सभ्रान्तपुत्री नभै सर्वाल्टन हुन् । कसले, कुन सामाजिक संजालमा के लेख्यो ? कसको दिमागमा के खेलिरहेको छ, ? राजनीतिक केशलाई कसरी अराजनीतिक बनाउन सकिन्छ ? कसरी जंगवहादुरको खिया लागेको कानुनी तरबार अर्जापेर अर्धमी, विर्धमी, विरोधीलाई सुर्मान सकिन्छ ? शुक्ष्म अध्ययन गर्न सक्ने गृह प्रशासनले महिना दिनसम्म पनि उक्त विभत्स घटनाको यथोचित एवं जन पत्यारिदो जवाफ दिन नसक्दा अहिले कञ्चनपुरे आक्रोस बेकाबुमा पुग्दैछ ।

हो….निर्मला…. तिम्रो नाममा आफैलाई मुर्दावाद भन्ने मसँग धेरै लाचार तर्कहरु छन् । कञ्चनपुर यसैपनि काठमाडौदेखि टाढा पर्छ, दुख्दैन राजधानीलाई । एक फेसबुक स्टयाटस लेख्दै गृहमन्त्रीका विज्ञ सल्लाहाकार सूर्य सुवेदी ‘पथिक’लाई टयाग गरेको थिएँ, छु मतलव ? म बोल्दै बोल्दिन । समस्या मलाई परेको छ र ? मेरी छोरी बलात्कृत भएकी हो र ? ३३ किलो सुन नाइके पक्रिए पनि के, उम्के पनि के ? कुकुर ब्याए पनि के ? तुहिए पनि के ? त्यसैले म सोच्दै सोच्दिनँ । सोच्ने दिमागले दुःख, पाउने शरीरले । म सोँच्दिन । सोँच्दै सोँच्दिन । प्रतिरोध त गर्दै गर्दिन । सोँच्ने काम नेताको हो, पत्रकारको हो, चिन्तकको हो, दार्शनिकको हो । प्रतिरोध गर्ने काम क्रान्तिकारीहरूको मात्र हो । हिरोसिमामा पडकेको बम बिरोध गरेर मेरो चुलो जल्छ ? उसले सिद्दान्त, विचार आन्दोलन छोड्यो भनेर चिच्याउँदा मेरो छोराको औषधि कसैले गरिदिन्छ ! के हुन्छ मलाई ? म अन्धविश्वास, बलात्कारी, भ्रष्टाचारी ब्यभिचारी, साम्राज्यवादी, शोषण, दमन, अत्याचार, पर्यावरण दोहनको विरोध गर्दैगर्दिन । त्यसले मलाइ के ग¥या छ र ? शक्तिले गर्छ नामर्द गर्न सक्छ ..? यस्ता कुरा छु मतलव हँ…अाफ्नो सरोकार राख्छु क्यार …. के मेरी छोरी बलात्कार भएर मारिएकी हो र ? के सरकारले सबैको ठेक्का लिएको हुन्छ ?’ यो ब्याँग्यात्मक भर्नाइ हाम्रो समाजको मनोदशा थियो भने गृह प्रशासनलाई विषय सामान्य छैन्, कुनैपनि बेला ज्वाला दन्कन सक्छ भन्ने जनाउँ थियो । त्यसको लपेटमा धेरै जल्न सक्छन्, सुझाव पनि थियो । भनिन्छ– संकेतले चेत्ने मान्छे, परिणामले चेत्ने पशु’ महिना दिन हुँदैछ । समय घर्केपछि समस्या स्वतः समाधान हुन्छ भन्ने सोचमा प्रशासन रह्यो । तर, चिहानको निर्मला चित्कार अहिले महेन्द्रनगरमा चिच्याउँदै छ ।

असक्षम प्रहरी नेतृत्वलाई हटाउँदा पनि आक्रोस थामिएन । आखिर किन प्रहरीले सार्वजनिक गरेको अभियुक्त नै अपराधी हो भन्ने विश्वस्त समाजले गर्न सकेको छैन् ? के प्रहरी प्रशासनको अध्ययन अनुसन्धानमा कतैबाट प्रभावित पारियो ? यतिको लामो समयमा पनि यस संवेदनात्मक घटनालाई किन सामान्य रुपमा गृहले लियो ? सिधै प्रहरी नेतृत्वमाथि आरोप लगाईरहँदा गृहप्रशासन किन मौन भयो ? अनेकौ प्रश्न उभिए । बलात्कार र हत्या सामान्य भईरहेको अवस्थामा निर्मला काण्डपनि अर्को एक थप घटना हो भन्ने बुझियो । तर, त्यसो भएन । महिनादिनपछि मात्र सरकारको मथिंगल खलबलियो । स्थानीय असक्षम र असंवेदनशील प्रशासनलाई फिर्ता बोलाएर नयाँ नेतृत्व पठाउन बाध्य मात्रै भएन, उच्चस्तरिय छानविन समिति बनाउन विवस भयो ।

निर्मला….तिम्रा आवाज चित्कार बनेर अहिले महेन्द्रनगरमा कुर्लीरहेका छन् । म भने अझै मौन छु …. प्रिय नानु…मलाई र मेरो युग, मेरो समाजको नामर्दीपनालाई माफ गर । म बोल्ने मुर्दा हुँ । म र हामीहरू चिहानघारीमा मस्तिका शास फेरि रहेका छौं । यसैपनि काठमाडौंबाट महेन्द्रनगर सुदूरपश्चिमको छेउमा छ । तिमी अब भोट दिन सक्दिनौं, आन्दोलन बन्न सक्दिनौं, त्यसैले राजनीतिक पार्टीलाई वास्ता छैन् । तिमी बिज्ञापन दिन सक्दिनौं, त्यसैले मिडियाकालागि महत्वहीन हौं । तिमी डलर खेतीको शिर्षक बन्न सक्दिनौं, तब यहाँका ‘मानवअधिकार’ र ‘नागरिक समाजको’ आन्दोलन बन्न सक्दिनौं … ।

प्रिय निर्मला …. जतिजति मेरा छोरी र नातीनी हल्लक बढदै जान्छन् त्यतियति म मुर्दा मान्छे पनि आतंकित भने हुन्छु । निर्मला मेरो मुर्दा समाज, यो विभत्स समयमा लाचार मान्छेहरूबीच म पनि एक हुँ । मसँग घृणाा छैन्, आक्रोस छैन्, संवेदना छैन्, म सोँच्नै नसक्ने महाब्याक्तिवादी बनिसकें, माफ गर । तर निर्मला तिमी एक यस्तो प्रतिक बन् बन्दैछौ पनि –यो लाचार समाजमा मुर्दा पनि बोलुन, फेरि अर्की आमाले बलात्कारी पुत्र नजम्माओस्, जुन सत्ताले यस्ता कुकृत्य ढाकछोप गर्न चाहान्छ, त्यसको सत्यनास गर्नै जाग्राम चेत छर्, हरेक मानसिक बलात्कारीलाई तिम्रा नाम सुन्दा वा सपनीमा देख्दा हृदयघात होस् ।

धिक्कार भनिदेउ ! ती महिला संगठन र नेतृहरुलाई जो सत्ताका सिढी चढनका लागि वा डलरे खेतीकालागि महिलावादी बनेका छन्, थुक्देउ…. ती दुःखी आमाका बलात्कारी सन्तानलाई जसले आफनै आमामाथी जाईलाग्छ । थुक्देउ…त्यो भाले जातीलाई, जो यौन हिंसाको एउटा भदौरे राँगो मात्र मात्र आफूलाई सोँच्छ । हो… निर्मला अरुले जिउँदामा गर्न नसकेका कामहरु तिमी मरेर गर्न सक्नेछौ …..र गर्दैछौं गर्नुपर्ने छ । सलाम छोरी …. सलाम निर्मला ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]