Dabali News

Ad

भोट हाल्न गएका पाल्पामा झुलबहादुर र डोटीकी मुनादेवीको मृत्यु 

२१ मंसिर

काठमाडौं । भोट हाल्न गएका दुई वृद्धवृद्धाको मृत्यु भएको छ ।  डोटीमा मतदान गर्न जाने क्रममा र पाल्पामा मतदान गरेर फर्किने क्रममा उनीहरुको मृत्यु भएको हो ।

पाल्पाको पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै ८० वर्षीय झुलबहादुर कुमालको मृत्यु भएको छ ।

वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार रामपुर नगरपालिका–६ का कुमालको मतदान गरिसकेपछि  ११ः३० बजे मृत्यु भएको हो ।

कुमाल लामो समयदेखि दमका रोगी थिए ।

त्यसैगरी डोटीमा एक जना महिलाको मृत्यु भएको छ । खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको प्रहरीले बताएको छ ।

पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी मुनादेवी उकालो बाटो चढ्ने क्रममा मृत्यु भएको थियो । उनी पनि दमको रोगीबाट पीडित थिइन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
dab[email protected]