Dabali News

Ad

च्याम्पियन्स लिगमा १६ टोलीको टुंगो लाग्यो, लिभरपुलले र्गयो गोल

२१ मंसिर

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणबाट माथि उक्लिने सबै १६ टोलीको टुंगो लागेको छ । गएरातिका खेलपछि नकआउट समीकरण पुरा भएको हो ।

गएराति भएका समूह चरणका अन्तिम खेलहरुमा इङ्ल्यान्डका लिभरपुल र टोटनह्याम हट्सपर विजयी हुँदा म्यान्चेस्टर सिटी भने पराजित भएको छ ।

लिभरपुलले रुसको स्पार्टा मस्कोलाई ७–० ले हराउँदा टोटनह्याम हट्सपरले साईप्रसको अपोईल निकोसियालाई ३–० ले पराजित र्गयो ।
यसअघि नै राउण्ड अफ सिक्सटिनमा पुगिसकेको म्यान्चेस्टर सिटी भने युक्रेनको शख्तरसँग २–१ ले पराजित भयो ।

राति भएका अन्य खेलमा स्पेनको रियाल मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई ३–२ ले हराउँदा पोर्चुगलको एफ.सी पोर्टोले फ्रान्सको मोनाकोलाई ५–२ ले पराजित र्गयो । यसैगरी टर्कीको बेसिक्तासले जर्मनीको आर.बी. लेप्जीगलाई २–१ ले हराउँदा नेदरल्याण्ड्सको फेयनुर्डले इटालीको नापोलीमाथि २–१ कै जित निकाल्यो ।

गएरातिका खेलपछि च्याम्पियन्स लिग फुटबलको सबै ८ समूहका विजेता तथा उपविजेता टोलीको टुंगो लागेको छ । पटक विजेताको रुपमा म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटी, लिभरपूल, टोटनह्याम हट्सपर, बार्सीलोना, पेरिस सेन्ट जर्मेन, ए.एस रोमा र बेसिक्तास अन्तिम १६ मा पुगेका छन् ।

समुह उपविजेताको रुपमा चेल्सी, रियाल मड्रिड, बायर्न म्युनिख, युभेन्टस, सेभिया, शख्तर, एफ.सी बाजल र पोर्टो नक आउट चरणमा पुगेका छन् । च्याम्पियन्स लिग नक आउट चरणको खेल तालिका आगामि सोमवार निकालिँदै छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]