Dabali News

Ad

निर्वाचन कार्यायलमा बम, कर्मचारीको भागाभाग

२१ मंसिर

अछाम । विहान सात बजेबाट बमका आवाजसँगै मतदान सुरु भएको छ । सबैको ध्यान मतदान केन्द्रमै छ । मतदाताले मतदान गरिरहेका छन् भने मतदान केन्द्र आसपासमा बम विस्फोट भइरहेका घटना सार्वजनिक भइरहेका छन् । तर, अछाममा भने निर्वाचन कार्यालयमै बम भेटिएको छ ।

जिल्ला सदरमुकाम मंगलसेनस्थित जिल्ला निर्वाचन कार्यालयमा बुधबार विहान बम भेटिएको थियो । बमसँगै कर्मचारी आतंकित हुनुको साथै भागदौड मच्चिएको थियो ।

सुरक्षाकर्मीको टोलीले बमलाई निष्कृय पारेको थियो ।

यसैबीच नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मतदान गर्ने भागेश्वर मतदान केन्द्रमा भेटिएको टाइम सेनाको टोलीले निष्कृय पारेको बताइएको छ ।

त्यसैगरी अछामको क्षेत्र नम्बर २ को विनयाकमा पनि बम विस्फोट भएको जानकारी प्राप्त भएको छ । विनायक नगरपालिकाको मतदान केन्द्रबाट केही टाढा विस्फोटको अावाज सुनिएको स्थानीयले जानकारी दिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]