Dabali News

Ad

देशभर शान्तिपूर्ण रुपमा मतदान हुँदै

२१ मंसिर

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेको ४५ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिएका छन् ।
उनले भने, मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बसेका छन् ।

कहीँकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर तम्तयार हालतमा राखिएको छ । निर्वाचन हुन लागेका जिल्लालाई हेर्ने गरी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत तम्तयार राखिएको न्यौपानेले जानकारी दिए ।

निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालित छन् । कहीँकतै समस्या आए र देखिए तत्काल सुरक्षा निकायमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । शान्ति सुरक्षामा समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्ने गरी विभिन्न स्थानमा सुरक्षाकर्मी व्यवस्थित तवरले परिचालिन गरिएको जनाएको छ ।

शान्ति सुरक्षामा कुनै सम्झौता नगरिएको जानकारी दिँदै, कुनै शंकास्पद वस्तु देखिए वा अवाञ्छित गतिविधिको सूचना प्राप्त भए तत्काल खबर गर्न आग्रह गरिएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन् ।

बम भनी हल्ला गरिएका शंकास्पद वस्तु अधिकांश बम नभएको जनाइएको छ । काठमाडौँको नैकापमा आज बिहान फेला परेको शंकास्पद वस्तु पनि पटका मात्रै रहेको उनले जानकारी दिए । निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टर सहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदै छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]