Dabali News

Ad

काठमाडौंको नागार्जुन नपाका ६ ओटा मतदान केन्द्रमा बम ! डिस्पोजमा तयारीमा सुरक्षकर्मी

२१ मंसिर

काठमाडौँ । नागार्जुन नगरपालिकाका ६ ओटा मतदान केन्द्रमा बम भटिएको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका ६ रामकोटस्थित सिताराम स्कुलको मतदान केन्द्रमा बम देखिएको त्यहाँबाट स्थानीय हरहर काफ्लेले जानकारी दिएका छन् । त्यस स्थानलाई अहिले प्रहरीले घेराभित्र हालेर डिस्पोजको तयारी गर्दैछ ।

यस्तै काठमाडौँकै महानगरपालिका वडा नम्बर १५ ताहाचल क्याम्पसको बास्केटबल ग्राउण्डको पूर्वपट्टी रहेको पोल नजिक ठुलै बम भएको हल्लापछि स्थानीयको भागाभाग भएको छ, त्यहाँ पनि प्रहरी पुग्दै छ ।

यस्तै काठमाडौँको डल्लुस्थित नेवारी स्कुल नजिक र बाम गठबन्धनको १५ नम्बर वडा कार्यालयमा पनि बम भेटिएको प्रहरीले जानकारी दिएको छ ।

बाम गठबन्धनकाको वडा कार्यालयलाई लक्षित गरी राखिएको उक्त बम भने भर्खरै नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

यस्तै नागार्जुन नगरपालिका ३ को रिड मोडेल स्कुल मतदान केन्द्रमा पनि बम भेटिएको छ भने नगरपालिका ८ नम्बर वडमा रहेको रत्नराज्य बिद्यालयमा पनि बम राखिएको भन्दै फोन आएको विद्यालय स्रोतले जनाएको छ । मतदान सुरु भएसँगै काठमाडौं दर्जनौ मतदान केन्द्रहरूमा बम भेटिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]