Dabali News

सरकारले ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्ने

७ भदौ

काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्ने भएकोे छ ।

हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो ।

आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के कति दिन बिताए र कति खर्च गरे भन्नेसम्मको एकीकृत तथ्याङ्क राख्ने तयारी गरिएको छ ।

आर्थिकरुपमा पर्यटकले पार्ने प्रभावलाई त्यस्तो तथ्याङ्कले योगदान गर्छ । यस्तो प्रणाली विश्व पर्यटन संगठनले सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी, गैर बजेट प्रभाव स्याटेलाइट तथ्याङ्कले राख्नेछ ।

नेपाल भ्रमणमा आउने विदेशी नागरिकको अध्यागमन विभागले राख्ने तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले कुन महिनामा के कति पर्यटक आए भनेर जानकारी दिने गरेको छ । विभागले राखेको तथ्याङ्क सही हो वा होइन भन्नेमासमेत फरक मत रहँदै आएको छ ।

केहीले विभागले दिने तथ्याङ्क नै आधिकारिक मान्ने गरेका छन् भने पर्यटन क्षेत्रमा कार्यरत संस्थाले स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क विभागले नराख्ने भएकाले फरक पर्ने गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने, “जुनसुकै माध्यमबाट आए पनि हाम्रा पाहुना र पर्यटक हुन् । उनीहरुको भरपर्दो तथ्याङ्क हुनु जरुरी छ ।”

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]