Dabali News

नेपाल कला परिषदमा चिनियाँ चित्रकला प्रदर्शनी शुरु

७ भदौ

काठमाडौं । आजदेखि नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी नेपाल कला परिषद बबर महलमा शुरु भएको छ ।

२ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उदघाटन गर्दै चित्रकलाबाट चिनियाँ जनताको जनजीविका र प्रकृतिबारे जानकारी लिन सकिने बताए ।

कार्यक्रममा चाइना थ्री ग्रजेज विश्वविद्यालय, कला संस्थानका डिन थियान जिकावोले चीनको एक क्षेत्र एक मार्ग (वन वेल्ट वान रोड)को अवधारणाअनुसार आफूहरु चित्रकला प्रदर्शनी गर्न आएको बताए । प्रदर्शनीमा थ्री ग्रजेज विश्वविद्यालयका तीन जना प्राध्यापक झोउ चुआन्फा, वेई मिङ्गुओ र सिचाङ शिपिङको चित्रकला राखिएको छ ।

प्रा.डा.कृष्णप्रसाद अधिकारीले प्रदर्शनीले नेपाल र चीनबीच चित्रकला आदानप्रदान गर्न सहयोग हुने बताए । थ्री ग्रजेज विश्वविद्यालय, नेपाल ललितकला मञ्च र नेपाल ललितकला पत्रकार समाज (सोफाज) को संयुक्त आयोजनामा भएको चित्रकला प्रदर्शनीमा चिनियाँको जीवनशैली र प्राकृतिक वातावरणबारे ३० चित्र राखिएका छन् ।

प्रदर्शनीमा ३ जना प्राध्यापकले चिनियाँ प्रविधिमा चित्रकला बनाउनसमेत सिकाउने छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]