Dabali News

Ad

समाचार प्रसारण भएपछि पुरानो बसपार्कको ढल व्यवस्थापन

२० मंसिर

काठमाडौँ । पुरानो बसपार्क क्षेत्रमा फुटेको ढल व्यवस्थापन गरिएको छ ।

ढल फुटेर दुर्गन्धित हुँदा आवतजावत गर्ने मनिसलाई कठिन भएको समाचार प्रसारण भएपछि काठमाडाँै महानगरपालिकाले खुलामञ्चनिर फुटेर मूल सडकमा खोला जस्तै बगेको ढल पुरेर समस्या समाधान गरेको छ ।

महानगरपालिकाले समयमै ध्यान नदिँदा सो स्थानबाट आवत जावत गर्ने मानिसले नाक थुनेर हिँडडुल गर्न बाध्य थिए । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिना भन्दा बढी समय बित्दा समेत महानगरपालिकाको ध्यान गएको थिएन ।

विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्चस्थित बसपार्क क्षेत्रको ढल अहिले माटो हालिएका कारण मात्र छोपिए पनि फेरि निस्किएर दुर्घन्ध हुने स्थानीयवासीहरुको गुनासो छ ।

अन्य स्थानमा पनि ढल फुटेर दुर्गन्ध फैलिएमा समयमै खबर गरे समस्या समाधान गरिने महानगरपालिकाको भनाई छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]