Dabali News

ट्रम्पले ‘पोर्न स्टार’ लाई पैसा दिएको खुलासाः पूर्व वकिल कोहेन

६ भदौ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई आफ्नो सम्वन्धबारे नबोल्न पैसा दिएको खुलासा भएको छ ।

ट्रम्पका पूर्व वकिल माइकल कोहेनले म्यानहर्ट कोर्टमा यस्तो बताएको बीबीसी उल्लेख गरेको छ ।
यो विषय यस अघि देखिनै विवादित रहँदै आएको थियो । तर ट्रम्पका पूर्व वकिलले नै अदालतमा पैसा दिएको स्वीकार गरेका हुन् ।

यस्तै ट्रम्पको चुनाव अभियानमा वित्तिय नियमको उल्लङघन गरेकोसमेत उनले स्वीकार गरेका छन् । उम्मेदवारले भने अनुसार आफुले यस्तो गरेको र यसको उदेश्य निर्वाचनलाई प्रभावित पार्नु भएको उनले बताएका छन् ।

५१ वर्षका कोहेनले ८ गडबडि स्वीकार गरेका छन् । जसमा ट्याक्स र बैंक फ्रडका मामला समेत छन् । यस मामिलामा ह्वाइट हाउसले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । पोर्न स्टार स्टार्मी डेनियल्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आफ्नो सम्वन्ध भएको दावी गरेकी छिन् । वाल स्ट्रिट जर्नलमा छापिएको एक समाचार अनुसार ट्रम्पका वकिल कोहेनले २०१६ मा राष्ट्रपति चुनाव भन्दा पहिले स्टार्मीसँग १ लाख ३० हजार डलरको सम्झौता गरेका थिए ।

यो आर्थिक सम्झौतापछि उनले ट्रम्पसँगको सम्वन्धकोबारेमा सार्वजनिक नगर्ने भनिएको थियो । ५१ वर्षका कोहेनले स्वीकार गरेका विषयमा उनले ६५ वर्षसम्म जेलमा विताउन पर्न सक्छ । अदालतले सजायँको घोषणा १२ डिसेम्वरमा गर्ने छ । अहिले भने उनी धरौटीमा रिहा भएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]