Dabali News

Ad

कृषिमा हरिजनको हाइड्रोपोनिक प्रविधिको सफल परीक्षण

२० मंसिर

काठमाडौँ । पहिलोपटक बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि हाइड्रोपोनिक प्रविधि सफल भएको छ ।

एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लागेका कुश्माका लालबहादुर हरिजनले सफल परीक्षण गरेका छन् ।

अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका उनी गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती सफल भएको छ ।

युवापुस्ताका लागि लोकप्रिय मानिएको प्रविधि जिल्लामा पहिलोपटक भित्रिएको हो । युवाको भीडमा हरिजनले कृषिमा आधुनिक प्रविधि भित्र्याएका हुन् ।

कृषिमा धेरै परिश्रम गर्न नचाहाने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँँ माध्यम खोजिरहेका बेला कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिनप्रतिदिन बढ्दो छ ।

सम्पन्न मुलुकमा यो प्रविधि धेरै पहिलादेखि व्यावसायिक बनेको छ । करिब डेढ मिटर उचाइको स्ट्यान्डमा दुवैतर्फ तीन–तीन वटा पिभीसी पाइप अड्याएर ३० इन्चको फरकमा पारेको प्वालमा प्लास्टिक कपको पिँध चिरेर तरकारीको बिरुवा रोपिन्छ ।

सोलारमा जडित सानो मोटरले ड्रममा खाद्यतत्व मिश्रित पानी पाइपमार्फत बिरुवाको फेदसम्म पु¥याउँछ । बढी भएको पानी प्रत्येक बिरुवामा घुम्दै ड्रममै फर्किन्छ ।

दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने बनाइएको हुन्छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]