Dabali News

दिनेश मलेसियामा ३ वर्षदेखि बेपत्ता, घर परिवारमा चिन्ता

६ भदौ

काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया गएका पाल्पा माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी ३ वर्षदेखि बेपत्ता छन् ।

उनी वर्षदेखि घरपरिवारसँग सम्र्पकविहीन छन् । लामो समयदेखि सम्र्पक हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् । पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै सदस्य पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताए ।

ऋण खोजेर पैसा कमाउन गएको तर घरपरिवारसँग सम्पर्क नहुँदा परिवारमा समस्या थपिएको बताए । मलेसिया गएको ५ वर्ष भइसकेको तर २ वर्षको अवधिसम्म घरपरिवारसँग सम्पर्क हुने गरेपनि त्यसपछि सम्र्पक हुन नसकेको उनले बताए ।

विदेशबाट छोराको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको आमा गीता झेडीले बताईन् । उनका जेठा दाइ सुन्दर झेडीले मलेसियामा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत भाइको खोजी गरिदिन अनुरोध गरेका छन् ।

स्थानीय बासिन्दा तथा अगुवा युवा नवराज पन्थीले मलेसियामा रहेका नेपाली दाजुभाइलाई दिनेश झेडीलाई खोजेर घर पठाउन अनुरोध गरेका छन् । नेपाली युवा विदेशमा गएर परिवारको सम्र्पकमा नआउँदा परिवारमा समस्या हुँदै आएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]