Dabali News

Ad

श्रमसम्बन्धी सहमति पत्रलाई अद्यावधिक तथा समयानुकूल संशोधन गर्न प्रस्ताव

२० मंसिर

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग वेस्ट टावरस्थित कार्यकक्षमा भेटवार्ता गरेका छन् ।

मन्त्री हमाइदानले बहराइने श्रम तथा सामाजिक विकासको सम्बन्धमा लिएको नीति तथा अभ्यासमाथि प्रकाश पारेको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

मन्त्री हमाइदानले बहराइन ‘गल्फ अरवियन’ राष्ट्रहरूमा कुनै पनि विभेद अन्त्य गर्ने मामिलामा नमूना राष्ट्रका रूपमा स्थापित हुने प्रयासमा रहेको जानकारी दिए ।

बहराइनले प्रत्येक व्यक्तिले सम्मानजनक व्यवहार पाउनु पर्छ भन्ने प्रत्याभूति गर्न चाहिरहेको उनको भनाइ छ । बहराइन श्रम अधिकारको संरक्षण गर्न पनि प्रतिबद्ध रहेको जानकारी दिए ।

नेपाली नागरिकप्रति देखाएको सहयोग र सद्भावका लागि धन्यवाद दिदै दुई राष्ट्रविच सन् २००८ मा श्रमसम्बन्धी भएको सहमति पत्रलाई अद्यावधिक तथा समयानुकूल संशोधन गर्न प्रस्ताव गरे ।

राजदूत सुन्दासले दुई देशबीच श्रमसम्बन्धी संयुक्त प्राविधिक समिति गठनका लागि समेत प्रस्ताव गरे ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]