Dabali News

Ad

डोनाल्ड ट्रम्पले गम्भीर परिणाम भोग्नेः अरब नेताहरु

२० मंसिर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेरुशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले बुधवार जेरुसलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिनसक्ने भएपछि अरब नेताहरु रुस्त बनेका हुन् ।

ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देस दिएपछि अरब नेताहरु आक्रोशित बनेका हुन् ।

प्यालेष्टायनी नेता महमूद अब्बासले गम्भीर परिणाम हुने चेतावनी दिएका छन् भने सउदी अरबका सुल्तान सलमानले यो कदम चालिए विश्वभरका मुसलमान भड्कने चेतावनी दिए ।

जोर्डनका सुल्तान अब्दुल्लाले अमेरिकी निर्णयले सारा मुस्लिम समुदायलाई भड्काउने भन्दै आफूहरु जेरुशलमलाई इस्लामी स्थलका रुपमा संरक्षण गर्न लाग्ने प्रष्ट गरेका छन् ।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि ट्रम्पलाई परिस्थिति नभड्काउन अपील गरेका छन् ।

ह्वाइटहाउसको प्रवक्ता सैंन्डर्सले यस कदमप्रति राष्ट्रपति ट्रम्पको सोच पक्का रहेको प्रष्ट गरेका छन् । जेरुशलम इजरायल र प्यालेष्टायनी बीचको विवादको सबैभन्दा गम्भीर मुद्दा बनिरहेको छ ।

अमेरिकाले जेरुशलमलाई राजधानी स्वीकारे सन् १९४८ मा इजरायल स्थापना गरेयता मान्यता दिने पहिलो देश बन्ने छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]