Dabali News

Ad

पत्रकारिता भित्रका हनुमानजीहरुका नाममा केही शब्द

दुईबर्ष अगाडि हो । त्यो दिन एक जना सरकारी कर्मचारी (उनको नाम गोपनियताका लागि उल्लेख गरिन) ले भने (सल्यानको कुनै एक गाउँमा) यहाँ एक दलित महिलाको हत्या भएको छ तपाईँहरु आउन पर्दैन ?

मैले सहज रुपमा भने- प्रहरीलाई उजुरी दिनुस न ।

उनले भने- प्रहरीले हत्यालाई पिडकको मिलेमतोमा आत्महत्या भएको भन्दै सर्जिमिन–मुचुल्का बनाएर सेलाउन लगाए । तपाईँको काम के त डिल्लीजी ?

म नजावाफ भए । म यता बुझेर आउँछु है सर भनेर फोन राखेँ ।

घटना सुन्दा आत्महत्या भएपनि पोष्टमार्टम हुनुपर्ने जस्तो लाग्यो । किन मुचुल्का बनाइ सेलाउनलाई लगाए होलान ? मनमा प्रश्न उब्जेकै थिए । जिल्ला प्रहरीलाई सोधियो जानकारी नभएको उत्तर आयो ।

तत्काल विप्लवदाई (कान्तिपुरका सल्यान समाचारदाता) लाई फोन गरेर भने दाई के हो यस्तो घटना छ बुझ्न जाम भने । अघिपछि मलाई समाचारका लागि जाम बरु म तेलको व्यवस्था गरुला भन्ने विप्लव दाइलाई के खोज्छस् काना आँखो भयोहोला । २० मिनेटमै म कहाँ आउनुभयो अनि हामी गयौं ।

भर्खर आन्दोलन भएको रहेछ । प्रहरीले हवाइ फायर गरेर भिड हटाएको रहेछ । रेडियो तहल्का, अनलाइन तहल्का, अनि जिल्लाका अन्य संचारमाध्याम (हामी जिल्लाका समाचार बाँड्ने पनि गर्छौ) र कान्तिपुर पत्रिकामा पनि समाचार आयो ।

अहिले एउटै बनेका राजनीतिक दलका जिल्ला नेतापनि पक्ष विपक्ष भएर घटना बुझ्न गए कसैले हत्या भने कसैले आत्महत्या तर के के नाममा घटना गुमसुम नै भयो । एकथरीले हत्या भने अर्काथरीले आत्महत्या । मृतक दलित महिलाका ४ र ७ बर्षका २ छोरामध्ये ७ बर्षका ठूला छोराले हत्या नै हो भनेको कसैले सुन्ने कुरै भएन । प्रत्यक्षदर्सीले डराएर सहि कुरा नगरेको भन्ने भएपछि हामीले न्याय दिन सक्ने कुरै भएन । न्यायालयले पनि प्रमाण पुगेन नै भन्यो । नष्ट बनाएको प्रमाण कसरी पुग्थ्यो ?

आज लागेको छ एउटा गरिव, दलित महिलाको मृत्युमा वास्ता नगरेका मान्छेहरु समाजमा हुनेखाने र बोल्नसक्नेहरुका बारेमा उनका गतिविधि समावेश गरेर लेखिएको समाचारमा नानाथरी आरोप लगाइरहेका छन् । जेलमा हाल्न विभिन्न हुकुम र फरमान जारी गर्दैछन् । न्यायालयको ढोका कुदिरहेका छन् । लाग्छ दिन तिनकै छन् र भोलि पनि तिनकै दिन आउनेछन् ।

हो २ बर्षअघि निधन भएकी ति गरिव दलित महिलाले तिनीहरुलाई कुनै फाइदा दिने थिइनन तर अहिले चुनावमा लडेकाहरुले चुनावप्रचार गरेकालाई जितेपछि सबै पुराउनेछन् । पत्रकारीतालाइ परिभाषित गरेर हामीलाई पढाउन खोज्नेलाई उनिहरुको पत्रकारीता नै जितेकाले टिकाउनेछन् । व्यापारी, कर्मचारी, शिक्षकहरुका पेशा नै उनिहरुले टिकाइदिने छन् ।

जिल्लाका ठूला मान्छेलाई फोन गरेर २ मिनेटमा समाचार नहटाए जेल हाल्छौं भन्न लगाई उनिहरु अनुसारको कानुनको व्याख्या बनाई हामीलाई जेल हाल्नेछन, जेल नपारे उनिहरुका केटाहरु छन् (उनकै भाषामा चुल्ठा पारेका र मुद्रा लगाएका) उनिहरुले खुट्टाभाँच्ने छन् अनि कामै नलाग्ने बनाइदिनेछन् । अज्ञात समूहको प्रयोग गरि समाचार लेख्ने औला काटिदिनेछन्, आँखा फुटाइदिनेछन् । (अहिलेसम्म त्यस्तै फोन आए) अनि गर्नेछन लुटको स्वर्गमा भोजभतेर ।

अनि सहयोग गर्नेछैनन सत्तामा पुगेपछि हामीले चलाएका समाचार माध्यामलाई, पुरै सुकाउनेछन् । अनि उनकै संचारमाध्यामले आवाजविहिनको आवाज हैन आवाज हुने कै गुनगान गाउनेछन् । त्यसपछि समाजका गरिव निमुखाहरु सधै अपमानित र अन्यायमा हुनेछन् ।

जिवनका हरेकौ कालखण्डमा मृत्युको मुखसम्म पुगेका हामीलाई जिवनमा पत्रकारीताको परिभाषा सिकाउनेमात्रै हैन सिक्ने भए जिवनकै परिभाषा हामीबाटै सिक्न अनुरोध छ । हामीले पत्रकारीतालाई पेशा मात्रै हैन सेवापनि बनाइरहेका छौं । हाम्रा विरुद्ध कोहि छ भने उनका पक्षमा हामी हुन सक्दैनौ । हामीले अहिलेका मात्रै हैन हिजोका कालखण्डलाई पनि राम्ररी अध्ययन गरेका छौं ।

“अमुख पार्टी उम्मेदवार विशेषको प्रचार बाहेक समाचार प्रसारण, प्रकाशन गर्न मिडिया स्वतन्त्र छन् । सामान्य आचरण बाहेक पत्रकार तथा मिडियालाई समाचार प्रकाशन, प्रसारण गर्न कुनै निर्वाचन कानुन र निर्देशिकाले बन्देज गरेको छैन” भन्ने कुरालाई अध्ययन गर्दा राम्रो नै हुन्छ हनुमानजीहरुले ।

व्यक्तिगत रुपमा कसैसंग पुर्वाग्रह छैन र हुनेछैन् । समाचारका बारेमा खण्डन गर्न पाइन्छ, सूचना विभागमा मुद्धा हाल्न पाइन्छ, अहिले निर्वाचनको अवधिमा आयोगमा पनि मुद्धा हाल्न पाइन्छ । यी सबै बाटा खुला छन । मौन अवधि के हो हामीलाई पनि थाहा छ ।

पत्रकार जस्तो भएर भन्दा पनि पार्टीका कार्यकर्ता भएर प्रस्तुत भएका पत्रकार हनुमानजी हरु लेख्ने हात हाम्रापनि छन । पार्टीका कार्यकर्ता भएर हामीपनि पत्रकार हौ भन्दै सामाजिक संजालमा पोष्ट गरेर पत्रकारीताको खिल्ली नउडाउनुहोला । परिवर्तन कसरी आएको हो ?, किन आएको हो ? नानाभाँती लेख्दै र फोनगर्दै पत्रकारलाई थर्काउने र धम्काउने काम बन्द गर्नुहोला, पगरी गुथ्ने हनुमानजीहरु … ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]