Dabali News

Ad

विन्टर ओलम्पिक खेल खेल्नबाट रुसलाई प्रतिबन्ध

काठमाडौ । रुसले अर्को वर्ष दक्षिण कोरियाको प्योङचाङमा हुने विन्टर ओलम्पिक खेल्न नपाउने भएको छ ।

अन्र्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको सोमबार राती स्विट्जरल्याण्डमा बसेको वैठकले रुसलाई विन्टर ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाएको छ ।

आफुलाई डोपिङ प्रकरणमा निर्दोष प्रमाणित गर्न सक्ने रुसी खेलाडीहरुले भने तटस्थ झण्डामुनी रहेर विन्टर ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

यो निर्णयको रुसमा ब्यापक आलोचना गरिएको छ । केहीले आईओसीको सम्पूर्ण कार्यक्रम नैं बहिष्कार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
केहीले डोपिङमा निर्दोष खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउनुलाई सकारात्मक भनेका छन् ।

चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाइएपछि रुस आईओसीको प्रतिबन्धमा परेको थियो ।

रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न रियो ओलम्पिक खेल्नबाट समेत प्रतिबन्ध लगाईएको थियो । विन्टर ओलम्पिकको अर्को संस्करण दक्षिण कोरियाको प्योङचाङमा यही फेब्अरी ९ तारिखदेखि सुरु हुँदैछ ।

खेलमा पनि रुसलाई प्रतिबन्ध लगाएपछि अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबल समेत विवादमा पर्ने निश्चित भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]