Dabali News

Ad

रुसले भन्यो- विश्‍वयुद्ध र सोभियत संघ विघटनबाट बाँचेका हौं, यस्ता प्रतिवन्धको अगाडि झुक्दैनौं

२० मंसिर

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलिम्पिक समिति –आइओसी) ले शीतकालिन ओलिम्पिक्समा भाग लिनबाट प्रतिवन्ध लगाएपछि रुसले कडा प्रतिक्रिया दिएको छ । दुई महिनापछि दक्षिण कोरियामा हुन लागेको ओलिम्पिक्स खेल्न प्रतिवन्ध लगाएको हो ।

रुसले खेलाडीहरुलाई प्रविबन्धित औषधि प्रयोग गराएको आरोप आइओसीले लगाउँदै आएको छ । उता रुसले आफ्ना खेलाडीसँग जित्न नसक्ने भएका कारण अमेरिकाको डिजाइनमा प्रतिवन्ध लगाइएको बताउँदै आएको छ ।

आइओसीको नयाँ निर्णयपछि रुसी विदेशमन्त्रालयकी प्रवक्ताले मारिया जखारोवाले विश्व युद्ध, सोभियत संघको विघटन र कैयौँ प्रतिबन्धबाट बाँचेर अघि बढेको रुसलाई अहिले पनि केही फरक नपर्ने बताएकी छन् ।

संसदका उपसभामुखले उक्त प्रतिबन्धलाई अपमान र बेइज्जतीको संज्ञा दिएका छन् । उपसभामुख पिओ टोल्स्टोयले भनेका छन्, “उनीहरुको शर्त तिमीहरु पश्चाताप गर र हामी सोच्नसक्छौँ, सम्भवत अबको आठ वर्षपछि तिमीहरुलाई माफी दिन सक्छौँ भन्ने छ । हामी कुनै पनि हालतमा घुँडा टेक्ने छैनौँ ।”

पूर्व खेलकुदमन्त्री समेत रहेका रुसी उपप्रधानमन्त्री भिटाली मुट्कोलाई आजीवन प्रतिबन्ध लगाइएको छ।
रुसको सोचीमा सन् २०१४ मा भएको शीतकालीन ओलिम्पिक्सका क्रममा राज्यको संलग्नतामा ‘डोपिङ’ भएको आरोपमाथि अनुसन्धान भएपछि यो निर्णय लिइएको बताइएको छ ।
यो ओलिम्पिक इतिहासको सबै भन्दा ठूलो घटना हो । रुसी खेलाडीमाथि प्रतिवन्धको विश्वभर आलोचना भइरहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]