Dabali News

Ad

किशोरले खोले रवीन्द्रको नयाँ पोलः ज्ञानेन्द्रको चाकरीदेखि सहकर्मीलाई यौन दुर्व्यवहारसम्म 

१९ मंसिर

चुनाव प्रचार अभियान बन्द भएर मौन अवधि शुरु हुनुभन्दा केही घण्टा पहिले कनिका थिइ सुदिप्तीको कोठामा। सुदिप्ती उसको रिपोर्टिङको छानविन गर्दै थिइ। कनिकामाथि हजारौ आरोप थिए। उसमाथिको सबभन्दा ठूलो आरोप थियो खरो लोकतन्त्रवादी थिइ उ । अफिसमा आएका आरोपहरुबाट पनि यही कुराको पुष्टि हुन्थ्यो ।

चुनावको मौसममा केही दिनदेखि अखबारमाथि पूर्वाग्रही भएको आरोप लाग्दै आएको थियो। उम्मेदवारदेखि उनका एजेन्टहरुसम्म सबै सुदिप्तीसँग गुनासो गर्दै थिए। खास गरेर, कनिकाको रिपोर्टिङहरु एमाले– माओवादी गठबन्धन र विवेकशील पार्टी (मिश्र पक्ष) को आरोपको तारो बनेका थिए। कतिपयले कनिकाको नामैमा शंका उठाउँदै लेखे – यस्तो पनि नाम हुन्छ? को हो त त्यो मान्छे? मान्छे भए त अनुहार हुनपर्ने नि।

आज सुदिप्ती कनिकाको जुन समाचारको छानविन गर्दै थिइ। त्यो विवेकशील पार्टी (मिश्र पक्ष) का स्वनामधन्य नेता रवीन्द्र मिश्रका बारेमा थिए। “भ्रष्टाचारीलाई कीरा परोस्”, “खान पुगोस्, दिन पुगोस्” जस्ता लोकप्रिय नाराका रचनाकार रवीन्द्र मिश्रको विशेषता भनेको नै उनी बीबीसीको उद्घोषक थिए। हामी गोर्खालीलाई त्यो भन्दा बढी के चाहियो? बाबुबाजेको पालादेखि अंग्रेज बहादुरको धाक रवाफ देख्दै आएका जनतालाई रवीन्द्रको रवाफले तानिहाल्छ।

सुदिप्तीले कनिकालाई सोधी, “यो के हो? भ्रष्टाचारीलाई कीरा परोस् भनेर रवीन्द्रले के बिराए?”

कनिकाले भनी, “सम्पादक महोदय, रवीन्द्र मिश्रले केही बिराएनन्। यति हो कि उनले अहिलेको युगमा कसैले कसैलाई पनि सराप्न नपाइने लोकतान्त्रिक अधिकारलाई बाल दिएनन्। “भ्रष्टाचारीलाई कीरा परोस्” लोगो सेता टिसर्टमा छाप्न लगाएर सिंहदरबारका भ्रष्टाचारी जति जम्मैलाई बेचे। यो टिसर्ट लगाएपछि भ्रष्टाचारीको आरोपबाट मुक्त होइन्छ भनेर मुख्य सचिवदेखि पियन तहसम्म भएभरका कर्मचारी सबैले किनेरै लगाए।”

“अरु? अरु पनि होला नि त उनीमाथि आरोप?”

“छन्, कति छन् कति।”

“जस्तो?”

“उनी चर्चित रोमान्टिक व्यक्तित्व हुन्। खानदानी वर्गका। उनका पितापुर्खा सुगौली सन्धीका हर्ताकर्ता थिए रे। हो कि होइन, दैव जानुन्। त्यो हो भने स्वर्गीय अम्बर गुरुङको स्वर–संगीतमा “सुगौली सन्धी हामीले बिर्सेका छैनौं भनी देउ” भन्ने गीत गाउनुपर्ला। हाल वाममोर्चाका कट्टर समर्थक उपेन्द्र देवकोटा मन्त्री भएका थिए ज्ञानेन्द्र राजामा शक्तिको उन्माद चढेका बेला। त्यतिबेला उनी झण्डै मन्त्री भएका थिए। तर, उनको रोमान्टिक व्यक्तित्व मन्त्री पदको लामो तगारो बनेको थियो।”

सुदिप्तीको प्रश्न थियो “यसले के भो त?”

कनिकाले जवाफ दिइ, “हुन त केही भएन। उनी सार्वजनिक जीवनका लागि योग्य व्यक्ति होइनन् भन्ने देखियो। यसबाहेक उनले अहिले उकेली रहेका आदर्शहरुलाई झुठ सावित र्गयो। नेपाली समाजमा रहेको पत्रकारहरु यस्तै हुन् भन्ने मान्यताको पुष्टि र्गयो। अरु पनि केही भन्नु पर्छ कि म एक पफ तानेर आउँ?”

सुदिप्तीले हाँस्दै भनी, “लेट्स गो टुगेदर।”

स्मोकिङ जोनमा दुवै गफ गर्न थाले। सुदिप्तीले कथामा इन्ट्रेस्ट लिएपछि कनिका सुनाउन थाली – “हेर दिप्ती, यो रवीन्द्रको कथामा के हो के होइन भन्ने निर्क्यौल दुई हिसाबले गर्न सकिन्छ। पहिलो कम्पनीको तर्फबाट सोधखोजका लागि मलाई लण्डन पठाउने। त्यो कम्पनीका हाकिमहरुले पठाउँदैनन्। दोश्रो, मेरा चिनजानका सहयोगीहरुले दिएको सूचनाको प्रशोधन गर्दै लेख्दै गर्ने।

“मैले पाएको सूचना अनुसार, रवीन्द्रलाई बीबीसीमा यस्ता नेपालीले हायर गरेका थिए जसलाई सुन्दर केटोलाई काम दिएर आफ्नी छोरी बिकाउनु थियो। त्यसैले रवीन्द्रले बीबीसीमा जागिर खान कुनै प्रतिस्पर्धा गर्नुपरेन। उनको अनुहार नै काफी थियो। उनले आफनो रेडियो स्तम्भ “नेपाल सन्दर्भ” जेरोमी प्याक्समानको न्यूज नाइटकै शैली कपी गरेर तयार पारेको आरोप उनका त्यतिबेलाका सहकर्मीहरु लगाउँछन्।

“बीबीसीमा काम गर्दागर्दै उनले मनुज चौधरीका नाममा एक साप्ताहिकमा स्तम्भ चलाएका थिए। यो स्तम्भमार्फत् उनले तत्कालीन राजा ज्ञानेन्द्रको सेवा चाकरी गरेका थिए। चाकरीसँगै अधिनायकवादको पक्षमा वकालतसमेत गरेका थिए। बीबीसी जस्तो पत्रकारिताको सिद्धान्त र धर्ममा विश्वास राख्ने संस्थाका पत्रकारका लागि अरु कुनै संचार माध्यममा लेख्नु ठीक होइन। यसलाई पत्रकारिताको अनैतिक पक्षका रुपमा हेरिन्छ। अनैतिकताबाट जोगिन उनले आफ्नो नाम नै फेरेर लेखे। तर, पछि लेखेका विषयले फाइदा पुग्ने देखेपछि ‘मै हुँ मनुज’ कबोल गर्न भ्याए र भूमध्य रेखा नामको कितावमा ती सबै संकलन गरे।

“रवीन्द्रमाथि तीनजना महिला कर्मचारीसँग दुर्व्यवहार गरेको आरोप लागेपछि छानविन गर्न बीबीसी व्यवस्थापनले लण्डनमा दुई दुई पटक आन्तरिक र बाह्य ट्रिव्युनल गठन गरेको थियो। त्यही छानविनका आधारमा उनलाई नेपाल पठाइएको हो। त्यसको केही समयपछि उनको सेवा समाप्त गरिन लागेको सूचना दिइएको थियो। बीबीसीको सेवामा रहेर बीबीसीको भन्दा आफ्नै प्रमोसन बढी गरेकोमा बीबीसी हेडअफिस बुस हाउसका अधिकारी सन्तुष्ट थिएनन्।

“रवीन्द्रले जो जोसँग दुर्व्यवहार गरे तीमध्ये कुनै पनि महिला यसबारे अहिले बोल्न तयार छैनन्। बडो मेहनतका साथ परिवारसहित बस्न थालेका महिलाहरु यसमा किन लाग्नु भनेर चूप छन्। दिप्ती, तँ आफै भन, लोअर मिडल क्लास र मिडिल क्लास वर्गका नारीहरु आफूविरुद्ध भएको अपराधका बारे बोल्न सक्छन्?”

कनिकाको भनाइ सुनेर मख्ख परेकी सुदिप्तीले भनी, “मिश्रजीलाई त क्या मोज रहेछ। जागिर पनि आफ्नै, राजा पनि आफ्नै, चुनाव पनि आफ्नै। अनि, उनलाई भगवान सम्झिएर उनको समर्थनमा आफनो कमाइ खर्चिइरहेका आत्मारामहरु। त्यसैले मानिसहरु भन्दा रहेछन् – काशीको कुरा छोड। काश्मिरको पनि कुरा छोड। जे हो नेपाल हो। अजब नेपाल, गजब नेपाल।

पहिलो पोष्ट (किशोर नेपालको कान्तिपुर गाथाबाट)

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]