Dabali News

Ad

खेतीयोग्य जमिन आवासीय रुपमा ,जमिनसम्बन्धी नीति नहुँदा समस्या

१५ मंसिर

घोराही । खेतीयोग्य जमिनमा आवास बनेर उब्जनी कम हुन थालेकामा राजनीतिक नेतृत्वको ध्यान नगएकाले किसानले गुनासो गरेका छन् ।

राप्ती नदीको किनारमा रहेको दाङ उपत्यकामा वर्षमा तीन बाली लाग्ने भए पनि विगत एक दशकअघि देखि आवासीय क्षेत्रका रुपमा विकास हुन थालेको हो ।

बस्ती बसाएर बढी उब्जनी हुने उर्वर भूमिमा खेती गरिनुपर्नेमा सरकार एवम् राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण लुम्बिनी र राप्ती अञ्चलका जिल्लाबाट बसाइँ–सराइ गर्नेको भूमि बन्न पुगेको छ ।

स्थानीय किसान श्यामलाल चौधरी पाँच वर्षअघिसम्म कमाएको जग्गा साहुले बेचेपछि आफूले उब्जनी गर्ने ठाउँ नपाएको बताए ।

घर बनाउन चलेको भाउभन्दा बढी दिन आउनेलाई जग्गा बेचेर मोहियानी हक बापतको थोरै रकम बुझेर खेती गर्ने स्थानको अभावमा बस्नु परेको बताए ।

सरकारको खेतीयोग्य जमिनसम्बन्धी नीति नहुँदा यो समस्या आएको अर्का किसान भोजेन्द्र डाँगी बताए । मार्क कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत रुपेश चौधरीले जनताको जीविकोपार्जनसँग सम्बन्धित विषयमा कुनै पनि दलका नेताले चुनावी मुद्दा नबनाएको दुखेसो पोखे ।

तथ्यांक कार्यालय दाङको अभिलेखअनुसार कृषिका कारण १८.३१, व्यापारका कारण ३.५६, सेवाका कारण १.४२, अध्ययनका कारण ९.३४, विवाहका कारण २४.४८, निर्भरताका कारण २७.३९, द्वन्द्वका कारण १.४०, कारण उल्लेख नभएका ८.३२ र अन्य कारणले ५.८० प्रतिशत सर्वसाधारण यहाँ बसाइँ–सराइ गरि आएका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रभन्दा उब्जनी हुने शहरी क्षेत्रमा बढी मानिसले टुक्रा जग्गा लिई आवास निर्माण गरेको कार्यालय प्रमुख तुलसीराम पोखरेलले बताए ।

सबै जिल्लाका बासिन्दाको बसोबास बढेको छ, लमही नगरपालिकामा लुम्बिनी अञ्चलबाट बसाइँ–सराइ गरी आउनेको बाहुल्यता छ ।

दाङबाहिर जन्मेका ४०.१७ प्रतिशत नागरिक १० वर्षभन्दा लामो समयदेखि बस्दै आएको कार्यालयले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]