Dabali News

Ad

स्वर सम्राट नारायणगोपालको २७ औँ स्मृति दिवस मनाइदै

मंसिर १९

काठमाडौँ । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

‘एउटा मान्छेको मायाले कति, स्वर्गकी रानी, आँखाको भाका आँखैले, मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौँ गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ मा काठमाडौँको किलागलमा हो ।

स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोत्कृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार पाएका थिए ।

बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका स्वर सम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]