Dabali News

बल्छीकी श्रीमतीले घर छोडेर भागिन्, वडा कार्यालयमा उजुरी

५ भदौ

काठमाडौं । हाँस्य कलाकार ‘बल्छी’ की श्रीमती घर छोडेर भागेकी छन् । बालबच्चासहित घर छोडेपछि आफू स्वास्नी पीडित भएको भन्दै वडाकार्यालयमा उजुरी समेत दिएका छन् । तर, यो गीतको भिडियोमा हो ।

गायक रामजी खाँड र गायीका टिका पुनको आवाजमा रहेको गीत ‘स्वास्नी पीडित संघ’ गीतको भिडियोमा बल्छी स्वास्नी पीडित श्रीमानको भुमिकामा उनी आएका हुन ।

विभिन्न कारणबाट पीडित भएका श्रीमान श्रीमतिबाट पीडित भएका मानिसहरुको प्रतिनिधित्व गर्दै गीतमा सकारात्मक सन्देशको प्रवाह गर्नको लागी गीत निमार्ण गरेको गायीका टिका पुनले बताइन । शुभ श्री गौत्तमको शब्द सिर्जना तथा मौलिक लय सिर्जनमा रहेको गीतमा अहिले बजारमा आएको गीतको तुलनामा भिन्न रुपमा प्रस्तुत गरिएको पुनको दाबी छ ।

सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशनमा गीत रहेको छ । श्रीमान पीडित श्रीमतीको अभिनयमा आशा खड्का र श्रीमती पीडितको भुमिकामा बल्छी धुव्रेले गरेका छन् । उनलाई पल्पसा र ओम श्रेष्ठले साथ दिएका छन् ।

उक्त गीतको भिडियो युट्युवमा हेर्न पाइन्छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]