Dabali News

Ad

शक्तिशाली बलिस्टिक क्षेप्यास्त्र परीक्षणपछि संयुक्त राष्ट्रसंघका प्रमुखको कोरिया भ्रमण

१९ मंसिर

काठमाडौँ । संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले मंगलबार उत्तर कोरियाको भ्रमण शुरु गर्ने छन् ।

राष्ट्रसंघीय उच्च अधिकारीले ६ वर्ष यता उत्तर कोरियामा गर्न लागेको पहिलो भ्रमण हो । कोरियाले गत सेप्टेम्बरमा नीतिगत संवादका लागि आमन्त्रण गरेको थियो ।

सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यो भ्रमण हुन लागेको छ । बलिस्टिक क्षेप्यास्त्र अमेरिकाको कुनै पनि ठाउँमा पुग्न सक्ने कोरियाले दाबी गरेको छ ।

कोरियाली प्रायोद्वीपमा देखिएको उच्च तनावका माझमा फेल्टमेनको भ्रमण हुँदै छ ।

फेल्टमेन संयुक्त राष्ट्रसंघमा कार्यरत सबैभन्दा वरिष्ठ अमेरिकी कर्मचारी हुन् । उनी शुक्रबारसम्म प्योङयाङमा रहने छन् । दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै ठूलो हवाइ अभ्यास गरिरहेका बेला भ्रमण हुँदै छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले फेल्टमेनले उत्तर कोरियाका विदेशमन्त्री रियोङहो सहित अन्य ८ उच्च वरिष्ठ अधिकारीहरुसँग भेट्ने र उनीहरुसँग द्वीपक्षीय स्वार्थ र चासोका मुद्दाबारे नीतिगत छलफल गर्ने बताएका छन् ।

फेल्टमेनले उत्तर कोरियाका नेता किम जङअनसँग भेट्ने कार्यक्रम छैन । सेप्टेम्बरमा पहिलोपटक अनौपचारिक रुपमा गरिएको आमन्त्रण पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण गरेको एकदिनपछि नोभेम्बर ३० तारिखमा मात्रै स्वीकार गरिएको थियो ।

उत्तर कोरिया चीनको प्रमुख आर्थिक तथा कुटनीतिक साझेदार हो । चीनले आफ्ना उच्च कूटनीतिक अधिकारीलाई गत महिना उत्तर कोरियाका अधिकारीहरुसँग वार्ता गर्न प्योङयाङ पठाएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले उत्तर कोरिया संकटबारे मध्यस्थता गरिदिने प्रस्ताव राखेका थिए । अहिले तत्काल प्योङयाङको भ्रमण गर्ने कुनै योजना नरहेको राष्ट्रसंघले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]