Dabali News

Ad

रुसलाई विन्टर ओलम्पिक खेल्न दिने कि नदिने आज निर्णय हुँदै

१९ मंसिर

काठमाडौँ । अन्र्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको वैठक आज साँझ स्विट्जरल्याण्डमा बस्दैछ ।

वैठकमा रुसलाई आसन्न विन्टर ओलम्पिकमा सहभागिता जनाउन दिने कि नदिने भन्ने निर्णय हुनेछ ।

चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाईएको थियो ।

त्यही कसूरमा रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न रियो ओलम्पिक खेल्नबाट समेत प्रतिबन्ध लगाईएको थियो ।

रुसले त्यसयता डोपिङ समस्याको सुधारमा उल्लेखनीय काम गरेको तर्क गरे पनि आईओसीको विज्ञ टोलीले यसलाई मानेको छैन ।

त्यसैले यही फेब्रुअरीमा दक्षिण कोरीयाको प्योङचाङमा आयोजना हुने विन्टर ओलम्पिकमा रुसको सहभागिता कठिन छ ।

आईओसीले यो खेलमा पनि रुसलाई प्रतिबन्ध लगाए अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबल समेत विवादमा पर्ने धेरैको अनुमान छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]om