Dabali News

Ad

माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज भट्टको घरमा  बम विस्फोट 

१९ मंसिर

धनगढी । माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विस्फोट भएको छ ।

कैलालीको गोदावरी नगरपालिका-१ अत्तरिया स्थित भट्टको घरको अगाडी बम विस्फोटको ठूलो अावाज अाएको स्थानीयले बताएका छन् । मंगलबार विहान ५ बजेतिर अज्ञात समूहले गराएको बम विस्फोटमा कुनै क्षति नभएको सुरक्षा स्रोतले बताएको छ ।

माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज समेत रहेका पूर्वमन्त्री भट्टको घरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको नजिकै बम विस्फोट भएको बताएको छ ।

त्यसैगरी जिल्लाको गौरिगङ्गा नगरपालिकाको मालिका मावि चौमालाको मतदान केन्द्रमा सिलिण्डर बम विस्फोट भएको छ ।

हिजो विहान मात्र धनगढीस्थित प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल बाहिर बम विस्फोट भएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]