Dabali News

हत्या गरेको अवस्थामा सुरक्षा गार्डको शव फेला

३ भदौ

काठमाडौं । अज्ञात समूहले मोरङको विराटनगर-२ धरानरोडस्थित न्यूविकी हार्डवयरका सुरक्षा गार्ड टंक भट्टराईको हत्या गरेको छ ।

हार्डवयरको सुरक्षा गार्डका रुपमा कार्यरत विराटनगर-४ पिपलचोकका भट्टराईको हत्या गरेको अवस्थामा आइतबार बिहान शव हार्डवयरको कोठामा फेला परेको प्रहरीको भनाई छ ।

उनको शव हार्डवयरका कामदारले आइतबार बिहान उनको रुममै फेला पारेका थिए । उनको शनिबार राती नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान छ । मृतकको शरिरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]